चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक (भिडियो) 



काठमाडौं : साहित्यकार झमक कुमारी घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा कि फूल’ को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको ट्रेलर रिलिज गरिएको हो ।

चलचित्रको ट्रेलरमा झमकले बाल्यकालमा परिवारबाटै अपहेलित हुनुपरेको घटना क्रमलाई मुख्य रुपमा जोड दिइएको छ । कथामा मुक्तिनाथ बरालको संवाद रहेको छ । 

विनोद विष्टको निर्माण तथा निर्देशन रहेको चलचित्रमा किशान सुनार, सारिका घिमिरे, उमा वेवी लगायतका कलाकारको अभिनय रहेको छ । 

बुढा सुब्बा डिजिटल युट्युब च्यानलबाट ट्रेलर रिलिज गरिएको हो । चलचित्रमा कमल राईको नृत्य निर्देशन, प्रकाश शिवाकोटीको संगीत, शिव ढकालको छायांकन, तथा तारा थापा किम्भेको सम्पादन रहेको छ । बद्री चौहान र उमेश सुवेदी कार्यकारी निर्माता रहेको चलचित्र आगामी कात्तिक २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया दिनुहोस्