
पाँचथर : मंसिर ३ गतेदेखि जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको काम सुरु हुने भएको छ । परिचय पत्र जिल्ला प्रशासन कार्यालय र विवरण संकलन भएको गाउँपालिकाको वडा केन्द्रबाट वितरण गरिनेछ ।
जिल्लामा अहिलेसम्म करिब ५१ हजार नेपाली नागरिकको विवरण संकलन भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारिले जानकारी दिए । जिल्लामा गएको असार ५ गतेदेखि विवरण संकलन कार्य सुरु गरिएको थियो ।
कातिक १५ गतेबाट परिचय पत्रको कार्ड छपाइको काम भइरहेको राष्ट्रिय परिचय पत्र पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए । जिल्लामा आउँदो पुस १५ गतेसम्ममा संकलनको काम सक्ने काफ्लेको भनाइ छ ।
पहिलो चरणमा पाँचथर जिल्ला र सिंहदरबार भित्रका कर्मचारिहरुलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने र दोस्रो चरणमा १५ जिल्लामा राष्ट्रिय परिचय पत्रको लागि विवरण संकलनको काम थालिने महानिर्देशक काफ्ले जनाए ।