बुहारीलाई बलात्कार प्रयास आरोपमा फरार कठायत पक्राउ



रामेछाप । आफ्नै भतिजी बुहारीलाई बलात्कार अभियोगमा फरार रहेका रामेछाप उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष एवम् व्यवसायी पबन कठायत मन्थलीबाट पक्राउ परेका छन्।

फरार रहेका कठायतालाई बुधबार प्रहरीले मन्थलीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछाप नगरपालिका–१ गोठगाउँ घर भई केही वर्षअघि देखी कठायत मन्थलीमा व्यवसाय संचालन गर्दै आएका छन् । उनले आफ्नै भतिजी बुहारी बिनु यादवलाई मन्थली नगरपालिका-१ मच्छेडाँडी नजिकैको आफ्नै घरमा बलात्कार गर्न खोजेको भन्दै कठायत विरुद्ध यादवले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन।

बुहारीले प्रहरीमा बलात्कार आरोपमा जाहेरी दर्ता गराएको सुनेपछि कठायत फरार भएका थिए। फरार रहेका कठायतको खोजीमा रहेको प्रहरीले सुराकीको आधारमा सदरमुकाम मन्थलीबाट पक्राउ गरेको हो । पक्राउ परेका कठायतलाई आजै रामेछाप जिल्ला अदालतबाट म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।

करीव १ महिनाअघि रामेछाप जिल्ला अदालतबाट कठायतका भतिज प्रदीप कठायत र बुहारी बिनु यादवबिच सम्बन्ध विच्छेदको फैसला भएको थियो। अदालतले जर्वजस्ती आफ्नो श्रीमान् सँगको सम्बन्ध बिच्छेद गराएको भन्दै रामेछाप जिल्ला अदालत भित्रै विनु यादवले बिष सेवन गरेकी थिइन । बिष सेवन पछि तत्काल उनलाई मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार पछि थप उपचारको लागि काठमाण्डौं लगिएको थियो ।

यादवलाई उनका काका ससुरा कठायतले अदालतले आज हाम्रो पक्षमा फैसला हुँदैछ, भन्दै आफु एक्लै बसिरहेको कोठामा पसि बलात्कार गर्न खोजेको र आफु बलात्कार प्रयासबाट उम्कन सफल भएको भन्दै बुहारी यादवले प्रहरीमा जाहेरी दर्ता गराएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्