भट्टराई पर्यटनमन्त्री बनेपछि हरायो ‘बुटिक एयरपोर्ट’



काठमाडौ : रवीन्द्र अधिकारी पर्यटनमन्त्री रहेका बेला तामझामका साथ सुरु गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्ट बनाउने अभियान अहिले ओझेलमा परेको छ । ओझेलमा मात्र होईन योगेश भट्टराई पर्यटनमन्त्री बनेर आएपछि उनले सार्वजनिक गरेकोे नीति तथा कार्यक्रममा बुटिक एयरपोर्ट कार्यक्रम नै हराएको छ । 

उता निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल वायुसेवा सञ्चालक संघले भाडा छुट दिन नसकिने स्पष्ट पार्दै सरकारलाई पत्र पठाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका जेष्ठ नागरिकलाई ५० प्रतशत शुल्क छुट दिने घोषणा गरेका थिए । मन्त्री भट्टराईको यो घोषणालाई कार्यान्वयन गर्न नसकिने भन्दै निजी हवाई सेवा प्रदायकहरुले चुनौती दिएका छन् । संघको पछिल्लो भनाईपछि मन्त्री भट्टराईको यो घोषणा विवादमा परेको छ ।

त्यसोत, मन्त्री भट्टराईले सार्वजनिक गरेको १४१ औँ कार्यक्रममा बुटिक एयरपोर्ट नपरेपछि  पर्यटनक्षेत्रमा यो चर्चाको विषय बनेको छ । मन्त्री भट्टराईले बुटिक एयरपोर्टको साटो आधुनिक र सुविधा सम्पन्न अन्तर्राष्ट्रिय माप दण्ड अनुसारको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजना अघि सारेका छन् । 

बुटिक एयरपोर्ट कार्य अघिल्लो सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाललाई बुटिक एयरपोर्टको रुपमा विकास योजना ल्याइएको थियो । 

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीले भ्रमण वर्ष २०२० लाई लक्षित गरी सो योजना सार्वजनिक गरेका थिए । अहिले योगेश भट्टराई सोही मन्त्रालयमा मन्त्रीको रुपमा आएका छन् ।  उनै स्वर्गीय मन्त्रीलाई आफ्नो गुरु मानेका भट्टराईले अहिले आएर रवीन्द्र अधिकारीको सपनामाथि कुषाराघात गर्ने काम गरेका छन् । 

अहिले सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने  लक्ष्यसहित नेपाल भ्रमण वर्षलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले नेपाल भ्रमण वर्षलाई मुलुकमा रोजगारी सिर्जना, गरिबी निवारण तथा समावेशी विकाससमेतको दृष्टिले पर्यटन क्षेत्र अर्थतन्त्रको एक महत्वपूर्ण आयामका रूपमा लगिने बताइरहँदा पर्यटक आउने ठाँउ नै व्यवस्थित नहुने छाटकाँट देखिएको छ । यसले गर्दा आउने भ्रमण वर्ष खल्लो हुने हो कि भन्ने चिन्ता पनि आम नागरिकमा पर्न थालेको छ । 

आँटी र विकासवादी नेताको रुपमा हेरिएको भट्टराई मन्त्री भएकै दिन रवीन्द्र अधिकारीको चेलाको रुपमा आफू मन्त्रालयमा आएको बताएका थिए । 

तथापी तत्कालीन मन्त्री अधिकारी भनेजसरी बुटिक एयरपोर्टको  कार्यक्रमलाई नै हटाएपछि  अहिलेको मन्त्री भट्टराईको कुरालाई आम मानिसले कुन रुपमा बुझ्ने हुन त्यो भने हेर्न बाँकी नै

पर्यटकहरुको आवत जावत हुने मूल बाटो हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थललाई दीर्घकालीन रूपमै पर्यटक आकर्षित गर्ने योजनाअनुसार सरकारले काम भने अहिले थालनी गरिरहेको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु आगमन मूलद्वारमा आकर्षक बुद्धको मूर्ति राखिएको छ र सँगै नेपालका पर्यटकीय क्षेत्रका तस्बिरहरु सहितको ठूला अक्षरमा ‘वेलकम टू नेपाल’ लेखिएको छ ।

यस्तै विमानस्थलमा प्रयोग हुने पानी धमिलो भएकाले ट्रिटमेन्ट प्लान्ट राखेर पानी शुद्धीकरण गर्ने योजना  र  धाराहरु पनि नेपाली मौलिकपनमा हुने गरी बनाउन लागेको विमानस्थल स्रोतले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्