सुनकाे भाउ विस्तारै अाेरालाे लाग्दै



काठमाडौं : सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ घटेको छ । सुन आज तोलाको ५८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । डलरभन्दा भारतीय रुपैयाँ मजबुत हुँदा सुनको भाउ केही घटेको महासंघले जनाएको छ । 

यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्