सांसद लिएर उडे पर्यटन राज्यमन्त्री जापान



काठमाडौं : १२ वर्ष कुकुरको पुच्छर ढुंगामा राख्यो जस्तोको त्यस्तै भन्ने उखानको चरितार्थ गरेको छ नेपाल वायुसेवा निगम ले । १२ वर्ष पछि जापानका लागि उडेको नेपाल वायुसेवा निगमको जाहाजले पर्यटन राज्यमन्त्री, सांसद र केही उच्च पदस्थ कर्मचारीहरु लिएर गएपछि यो उखानको स्मरण हुन पुगेको छ । 

पर्यटन क्षेत्रका व्यवसायीहरु र निगमलाई माया गर्ने कतिपयहरुको भनाइमा निगम फेरी पनि राजनीतिक सिकार बन्ने होकी भन्ने चिन्ता बढेको छ । 

सधै राजनीतिक खिचातानीको सिकार भएको नेपाल वायुसेवा निगमले आज (बिबीबार) बाट जापानको ओसाकामा व्यवसायीक उडान सुरु गरेको छ । १२ वर्षपछि आज वायुसेवा निगमले जहाज जापान उडान भरेको हो ।  पहिलो पटक औपचारीक उडान सुरु गरेको निगमको वाइडबडी ए ३०३० जहाजले जापानमा सीधा उडान सुुरु गरेको हो ।

निगमले यसअघि अन्तर्राष्ट्रिय जहाज ग्राउण्डेड गरेर राखेको थियो । देशमा सुशासन र आर्थिक पादर्शिताका निम्ति यो गर्नु नै पर्ने काम थियो । यो कामसँगै सरकारले चाहे जस्तोसुकै काम पनि गर्न सक्ने देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आजै एक कार्यक्रमबीच जापान उडानको लागि उद्घाटन गरेका थिए ।  जापानमा पनि औपचारीक कार्यक्रम गरिने कार्यक्रम तय भएको छ ।

लामो समय राजनीतिक परिबन्धले गर्दा नेपाल वायुसेवा निगमले आफ्नो नियमित काम काजहरु राम्रोसँग गर्न सकेको थिएन । भ्रष्टचारको अखडाको रुपमा विकास हुँदै आएको निगमले आजबाट जापानको उडान भरेपछि अब भने केही फड्को मार्ला कि भन्ने आशा आम मानिसमा पलाउन थालेको छ । 

भ्रमण टोलीका सदस्यसहित १ सय ३० जना यात्रु सवार रहेको उक्त विमानमा पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, ६ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधिसहित भ्रमण टोलीमा सहभागी रहेको नेपाल एयरलाइन्सका प्रवक्ता गणेशबहादुर चन्दले बताए ।

 

प्रतिक्रिया दिनुहोस्