पशु-मानवबीच भाइरसको जोखिम



  • डा. केदार कार्की

काठमाडौं । एक नयाँ अध्ययनअनुसार भविष्यवाणी गरिएको छ कि सन् २०७० सम्ममा जलवायु परिवर्तनले गर्दा हजारौँ नयाँ भाइरस सयौँ प्रकारका जनावरहरूमा फैलिनेछन् ।

शोधकर्ताहरूको भनाइमा यस किसिमको प्रसारले जनावरहरूबाट मानिसहरूमा आउने नयाँ रोगहरूको जोखिम बढ्नेछ । यी जनावरहरूमा ३ हजार प्रकारका स्तनधारी, बिरालो, चमेरो, ह्वेल एवं मानिस हुनेछन् । वैज्ञानिकहरूले एउटा मोडेल (नमुना) तयार पारेका छन्, जसमा तिनले देखाएका छन् कि यदि विश्व २ डिग्री सेल्सियस तातो भयो भने कसरी यी प्रजातिहरू आउँदो ५० वर्षमा बसाइँसराइ गर्नेछन् एवं भाइरसलाई फैलाउनेछन् ।

हालको शोधले सुझाव दिएको छ कि यस प्रकारको तापमान वृद्धि सम्भव छ र वर्तमानमा फैलिएको कोभिड– १९ ले यसको छवि हाम्रो सामु प्रस्तुत गरिसकेको छ । यसको ३ वर्ष हुँदै छ एवं अहिलेसम्म विश्वभर ६० लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ । यस महामारीको मुख्य कारक पनि जनावर नै हो ।

लगभग १० हजार भाइरस प्रजातिहरूले मानिसलाई सङ्क्रमित गर्ने क्षमता राख्छन् तर वर्तमानमा यमध्ये विशाल सङ्ख्या जङ्गली स्तनधारीहरूमा निस्क्रिय रूपले विचरण गरिरहेका छन् । जहाँ यी प्रजाति निवास गर्छन्, त्यहाँ जलवायु परिवर्तन भइरहेको छ । जसै तापमान बढ्दै छ एवं वर्षामा परिवर्तन आउँदै छ, केही प्रजातिहरू यस परिवर्तनलाई सहन सक्षम छैनन् । तिनले आफ्नोअनुकूल जलवायु परिस्थितिहरू भएको नयाँ क्षेत्रहरूको खोजी गर्न विवश हुनेछन् ।

केही प्रजातिहरू, जसले आफ्नो ठाउँ परिवर्तन गर्न सक्षम छैनन्, ती विलुप्त हुने अवस्थामा छन् । यद्यपि, जलवायु एवं भूमि उपयोगमा परिवर्तनले वन्यजन्तुहरूको भौगोलिक स्थिति पनि बदलिँदो छ, जसका कारण अलपत्र परेका प्रजातिहरूका बीच भाइरस साझाकरणको नयाँ अवसर उत्पन्न हुँदै छ ।

वैज्ञानिकहरूले अनुमान लगाएका छन् कि विभिन्न प्रजातिहरू व्यापक रूपमा जैविक विविधता भएका ‘हटस्पट’मा तथा एसिया एवं अफ्रिकामा उच्च जनघनत्व भएका क्षेत्रहरूमा एकत्रित हुनेछन्, जसले गर्दा तिनको भाइरस क्रस–प्रजाति संरचरणको दर ४ हजार गुणा बढ्नेछ ।

यिनको अद्भुत फैलिने क्षमताका कारण चमेरोले नोवेल भाइरस साझाकरणमा प्रमुख भूमिका निभाउनेछ एवं विकासवादी मार्गहरूका माध्यमबाट भाइरस सर्नेछन् । आश्चर्यको कुरा त यो छ कि यो परिस्थितिक सङ्क्रमण पहिलेदेखि नै चलिरहेको छ एवं शताब्दीभित्र २ डिग्री सेल्सियसमुनि तापमान राख्नाले भविष्यमा भाइरल फैलावट कम हुनेछैन ।

शोधकर्ताहरूका अनुसार सबै भाइरस मानिसहरूमा फैलिनेछैनन् वा कोभिड-१९ जस्तो व्यापक महामारीका कारण बन्नेछैनन् । यद्यपि, अध्ययनअनुसार क्रमशः प्रजातिको भाइरसको सङ्ख्या बढ्नाले यिनको मानिसहरूमा फैलिने जोखिम बढ्नेछ ।

अध्ययनले विश्वभरमा २ प्रमुख सङ्कट जलवायु परिवर्तन एवं सङ्क्रामक रोगको प्रसारले इशारा गर्छन् कि जनावरहरूबाट मानिसहरूमा रोगहरू फैलिने खतरा छ । पछिल्ला अनुसन्धानहरूमा देखिएको छ, वन, जङ्गल फडानीका कारण प्रजातिहरू लोप हुने एवं वन्यजन्तुहरूको व्यापारले पशु–मानव रोग फैलिने कारण बनेको थियो । तर, यस कुरामा कम अनुसन्धान भएको छ कि जलवायु परिवर्तनले यस खाले रोगको प्रसार कसरी गर्छ ।

धेरै विशेषज्ञ यस कुरासँग सहमत छन् कि तापमान बढ्नाले नयाँ भाइरस उत्पन्न हुने जोखिम बढ्नेछ । सन् २००८ मा विश्वभर गरिएको ४० हजार प्रजातिहरूको एक वैज्ञानिक समीक्षाअनुसार बदलिँदो जलवायु परिस्थितिहरूको परिणाम स्वरूप लगभग आधाले पहिले नै आफ्नो बासस्थान बदलिसकेका छन् ।

सामान्यतया यी प्रजाति चिसो तापमानको खोजीमा पृथ्वीको धु्रवतिर बढ्दै छन् । समीक्षाका अनुसार भूमिका जनावर १० माइल प्रतिदशकको औसत दरले अघि बढ्दै छन्, जबकि समृद्धि प्रजातिहरू प्रतिदशक ४५ माइलका दरले अघि बढ्दै छन् । अनुसन्धानले विशेषगरी यस कुराको खोज गरेको छ कि जलवायु परिवर्तन नयाँ क्षेत्रहरूमा जाँदा पहिलो पटक प्रजातिहरू एकअर्काको सम्पर्कमा आउने सम्भावनालाई कसरी प्रभावित गर्न सक्छ ।

जलवायु परिवर्तनका कारण प्रजातिहरू नयाँ संयोजनहरूमा देखिनेछन् । यसले तिनका लागि एकआपसमा भाइरस साझा गर्ने अवसर हुनेछ । रोग साझा गर्नेबाहेक प्रजातिहरूबीच पहिलो सङ्घर्षले पनि नोवेल भाइरसलाई विकसित गर्नका लागि एउटा मञ्च प्रदान गर्नेछ । उत्सर्जन परिदृश्यको पर्वाह नगरीकन स्तनपायी प्रजातिहरूको विशाल समूह आफ्नो सम्भावित भविष्यको सीमामा कतै न कतै कमसेकम एउटा अपरिचित प्रजातिसँग ‘ओभरल्याप’ गर्नेछ ।

अध्ययनअनुसार भविष्यको उत्सर्जन परिदृश्यअन्तर्गत यो ३० हजारभन्दा बढीलाई पहिलो सङ्घर्षको अनुमति दिनेछ । अनुमान गरिन्छ कि यी प्रजातिहरूका बीच पहिलो सङ्घर्षमा कमसेकम एउटा नोवेल भाइरसको न्यूनतम १५ हजार क्रस प्रजाति सञ्चारण हुनेछ ।

यी निष्कर्षहरूबाट थाहा पाउन सकिन्छ कि जलवायु परिवर्तनले सन् २०६० सम्म क्रस–प्रजाति भाइरस सञ्चारणलाई सजिलैसँग मानव चालकले फैलाउनेछ । यी क्रस-प्रजातिहरूको सञ्चारणका घटनाहरूको सम्भावित ठाउँहरूको चित्रण गरेर पाइएको छ कि यी जैविक विविधता एवं अफ्रिका तथा एसियाका बढी आवादी भएक स्थानमा चमेरो उड्न सक्षम एक मात्र स्तनधारीहरू हो।

यो तापमान परिवर्तनको स्थितिमा भाइरस सजिलै नयाँ क्षेत्रहरूमा स्थानान्तरित हुन सक्छन् भन्ने अनुसन्धानकर्ताहरूको भनाइमा यथार्था हुन सक्छ । स्तनधारीहरूका बीच भाइरस साझाकरणमा अभुतपूर्व वृद्धि निम्न तथा उच्च उत्सर्जन परिदृश्यले देखाउँछ ।

हामी एउटा यस्तो युगमा बाँचेका छौँ, जहाँ प्राकृतिक पारिस्थितिक तन्त्रमा हाम्रा प्रभावले गर्दा अझ बढी महामारीहरू उत्पन्न हुनेछन् । जे भइरहेको छ, त्यसलाई रोक्न सकिन्छ । यहाँसम्म कि सबैभन्दा राम्रो स्थितिमा जलवायु परिवर्तका परिदृश्यमा पनि एवं हामीलाई पशु तथा मानव आवादीको रक्षाका लागि स्वास्थ्यका आधारभूत ढाँचाहरू निर्माणका लागि उपाय गर्नुपर्ने आवश्यकता छ ।

गम्भीर रूपले यसका लागि मजबुत आधारभूत ढाँचालाई जङ्गली जनावरहरू र तिनका गतिविधिहरू एवं रोगहरूको सक्रिय निगरानीसँग जोड्नुपर्नेछ, जसले गर्दा यो सुनिश्चित हुन सकोस् कि हामी वैश्विक परिवर्तनको धड्कनमा आफ्नो औँला राख्न सकौँ।

प्रतिक्रिया दिनुहोस्