सिडिओहरुको व्यापक हेरफेर : काठमाडौंमा दाहाल, ललितपुरमा पाण्डे



काठमाडौं : गृह मन्त्रालयले झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई काठमाडौं र धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेलाई ललितपुर सरुवा गरेको छ । काठमाडौंका रामप्रसाद आचार्यलाई गृहमन्त्रालय र ललितपुरका प्रेमराज जोशीलाई मकवानपुर पठाइएको छ । गृहमन्त्रालयले आज (बिहीबार) मन्त्रीस्तरीय निर्णयबाट  २४ जिल्लाका सिडओको सरुवा गरेको हो । 

मन्त्रालयका अनुसार मोरङमा मदन भुजेल, रुपन्देहीमा महादेव पन्थ, बारामा फडिन्द्रमणि पोखरेल, सुनसरीमा राजेश पौडेल, झापामा उदयबहादुर राना, इलाममा सीताराम कार्की, धादिङमा आशमान तामाङ, सुर्खेतमा बसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, कास्कीमा रमेश केसी, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनकराज पन्तको सरुवा भएको छ । 

यस्तै, रुकुम पूर्वमा मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डेको सरुवा गरिएको छ । त्यसैगरी डा. कृष्णबहादुर घिमिरे धनकुटा, सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिनालाई काभ्रेको कायममुकायम सिडिओको जिम्मेवारी दिइएको गृहमन्त्रालयले जनाएको छ ।

यसैगरी, दिर्घनरायण पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमूखमा सरुवा गरिएको छ भने उपसचिव सुरेन्द्र पौडेललाई नख्खु कारागार प्रशासन प्रमूखमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्