खुट्टो भाँचिएको नाटक गरेर बटुवासँग खानेकुरा माग्छ याे बाठो कुकुरले (भिडियो सहित)



एजेन्सी : थाइल्यान्डमा एक बाठो कुकुरले खुट्टो भाँचिएको नाटक गरेर बटुवाको ध्यान आकर्षण गर्ने र खानेकुरा माग्ने गरेको छ। स्थानीयहरूले कुकुरको नाम गाए राखेका छन्। कुकुरले पछिल्तिरको देब्रे खुट्टो भाँचिएको जस्तो देखाउन भुइँमा लतार्दै हिँड्ने गरेको छ।

उसलाई सहायता गर्नका लागि मानिसहरू भेला भएपछि ऊ खुट्टो सोझ्याउँछ र केही नभएजस्तो गरी हिँडिदिन्छ। भुस्याहा कुकुरको यो चटकको भिडियो बैंककमा खिचिएको हो। भिडियोमा एक व्यक्तिले मोटरबाइक रोकेर कुकुर ठीक छ कि छैन भनी हेरेको देखिन्छ।

तर खुट्टो भाँचिएको नाटक कुकुरले गरेको थाहा पाएपछि उनी हाँस्दै हिँड्छन्। स्थानीय व्यक्ति थवीपोर्न चोङ्प्लापोल्कुलले भनिन्, ‘यो बूढो कुकुर यहाँ वर्षौंदेखि छ। ऊ मानिसलाई मूर्ख बनाउन यो चटक गर्ने गर्छ।

म उसलाई भात खुवाउँछु तर उसले यो बानी त्यागेको छैन। ऊ एकदम बाठो छ। मानिसले खाना खुवाऊन् भनी ऊ यस्तो चटक गर्छ।’ थवीपोर्नले कुकुरहरूलाई माया गर्ने र भुस्याहा कुकुरको उद्धार गर्ने गरेको बताइन्। गाएमा केही पनि समस्या नरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्