चम्कियो रानु मण्डलको भाग्य, सलमानले दिए ५५ लाखको घर



एजेन्सी : भनिन्छ जब भगवानले कृपा हुन थाल्छ तब भगवानले सडकबाट उठाएर महलमा पुर्‍याउँछ। यस्तै भएको छ भारतको रेलवेस्टेसनमा गीत गाउने रानू मण्डलको जीवनमा पनि। पुरै जीन्दगी गरिबीमा गुजारेकी मण्डललाई लता मंगेशकरको एउटा गीत ‘एक प्यार का नगमा है’ ले अहिले सेलिब्रेटी बनाएको छ।

भारतका विभिन्न रियालिटी शोहरुमा रानु मण्डल अहिले छाइरहेकी छन्। उनको स्वर सुनेर प्रभावित भई चर्चिच बलिउड स्टार सलमान खानले ५५ लाखको घर उपहार दिएका छन्। साथै आफ्नो फिल्म ‘दबंग ३’को एउटा गीत गाउने अवसर समेत रानुलाई दिएको भारतीय मिडियोको दाबी छ।

यसअघि बलिउड गायक हिमश रेशमियाले रानुलाई लिएर एक गीत रेकर्ड गराएका थिए। उनले उक्त गीत आफ्नो फिल्म ‘ह्याप्पी हार्डी ओर हीर’मा समावेश गरेका छन्। उनले उक्त गीत सामाजिक सञ्जालमा सेयर गरेको केही समयमा नै भाइरल बनेको थियो।

रानु भाइरल भएपछि १० वर्षदेखि छुटेका उनकी छोरीले पनि आमा भेट्टाएकी छन्। यो सबै देखेर रानु भन्छिन्, ‘यो मेरो दोश्रो जिन्दगी हो र यसलाई अझ राम्रो बनाउने कोसिस गर्नेछु।’

प्रतिक्रिया दिनुहोस्