दोलखा ६७ औँ खुला दिसामुक्त जिल्ला घोषणा 



दोलखा : दोलखालाई ६७ औँ खुला दिसा मुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यमा प्रदेश ३ को दोलखा जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो । 

जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति आज (बिहीबार) एक विशेष कार्यक्रमको आयोजना गरी दोलखालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । 

खुला दिसामुक्त जिल्ला घोषणा सभामा बोल्दै खानेपानी मन्त्री मगरले देशैभरि पूर्ण सरसफाइको कार्यक्रम अघि बढेको बताए । 

उनले असोज भित्रमा नेपाललाई खुला दिसा मुक्त राष्ट्र घोषणा गर्न लागिएको समेत जानकारी दिए ।

दोलखा जिल्लामा २ नगरपालिका र ७ गाउँपालिका गरी नौ वटा स्थानीय निकायहरु छन् । दोलखामा ४५ हजार ६ सय ५८ घरधुरीहरुमा शौचालयहरु निर्माण भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्