कश्मीरमा भेटिए अक्षय कुमारका डुप्लिकेट



एजेन्सी : अनुष्का शर्मा, आलिया भट्ट र प्रियंका चोपडापछि यतिबेला अक्षय कुमारको जस्तो अनुहार भएका एक व्यक्तिको चर्चा भइरहेको छ। मीर माजिद नाम गरेका कश्मीरी व्यक्तिको तस्वीर इन्टरनेटमा भाइरल भएको हो। उनको अनुहार अक्षय कुमारको अनुहारसँग हुबहु मिल्छ।

माजिदले खैरो सर्ट र हरियो गोलाकार ह्याट पनि लगाएका छन्। कतिले त उनलाई अक्षय कुमार भनेर झुक्किने पनि गरेका छन्। ती व्यक्ति भने अक्षयका फ्यान नभएर सुनील् गावस्करका फ्यान भएको भारतीय मिडियाले लेखेका छन्।

 

प्रतिक्रिया दिनुहोस्