‘मेरै बा’ सार्वजनिक (भिडियाे सहित)



काठमाडौं : गायक तथा संगीतकार पुरुषोत्तम सुवेदीले ‘मेरै बा’ बोलको गीत बजारमा ल्याएका छन्। युट्युबमार्फत सार्वजनिक गरिएको यो गीतमा आम्बिका गुरुङका शब्द रहेका छन्।

गीतको भिडियोमा निशान कश्यपको निर्देशन छ। सरोज खनाल,महेश खड्का र समृद्धि पौडेलको अभिनय रहेको छ गीतको भिडियोमा बुबाप्रतिको माया व्यक्त गरिएको छ। यस्तै भिडियोमा बुद्ध थापाको छायांकन र विकाश दाहालले सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्