
काठमाडौं । मकवानपुर आसपास भारी वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा मकवानपुरको मकवानपुरगढी र आसपासका क्षेत्रमा अति भारी वर्षा भएको छ।
भारी वर्षाका कारण मकवानपुरको कर्रा खोला, साम्री खोला, बकैया खोलालगायत आसपासका स-साना खोलामा आकस्मिक बहाव हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।