काठमाडौंमा चोर छ्यापछ्याप्ति, सुनका गरगहनासहित मोबाइल चोरी



काठमाडौं : काठमाडौं महानगरपालिका-३१ नयाँ बानेश्‍वर सानो खरीबोट बस्ने रुषा श्रेष्ठको घरबाट बिहीबार बिहान सुनका विभिन्न गहना र मोबाइल १ थान समेत गरी करिब ३ लाख ४८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका-३ बांनियाटार भत्केको पुल बस्ने पुर्णमान श्रेष्ठको घरबाट बिहीबार बिहान प्रदेश नम्बर ३-०२-००४ प ९१८६ नम्बरको स्कुटर १ थान र मोबाइल १ थान समेत गरी करिब २ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 

चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्