साफ यु १५ फुटवलमा भुटानमाथि नेपालको ५ गोल



काठमाडाैं : भारतमा जारी साफ यु १५ को फुटबल प्रतियोगितामा नेपालले भुटानलाई हराउँदै फाइनल प्रवेश गरेको छ। कल्याणी रंगशालामा भएको खेलमा ५–० अन्तरको गोलले नेपालले भुटानलाई पराजित गरेको हो। प्रतियोगितामा खेलको चौथो मिनेटमै पेनाल्टी मार्फत नेपालले गोल गरेको थियो।

नेपाली टोलीले पहिलो हाफमा २ गोल र दोस्रो हाफमा ३ गोल गरेको हो। भुटानले भने गोल फर्काउन सकेन। राउन्ड रोविनकोको आधारमा दुई शीर्ष टोली फाइनलमा पुग्नेछ। भुटानलाई पराजित गरेसँगै नेपाल फाइनमा प्रवेश गरेको छ भने भुटान प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस्