सुशीलको ‘पहिलो याे माया’ सार्वजनिक (भिडियाे सहित)



काठमाडाैं : द भ्वाइस अफ नेपालको पहिलो सिजनबाट निकै चर्चामा आएका सुशील गर्तौलाको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। मंगलबार युट्युबबाट ‘पहिलो यो माया’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा धनबहादुर गोपली र श्री केसीको शब्द तथा संगीत रहेको छ।

सुशीलको स्वरमा रेकर्ड भएको यो पहिलो गीत हो। द भ्वाइसको अडिसनमा पनि सुशीलले यसै गीतको केही अंश गाएका थिए। अडिसनमा सुशीलको गायकीको निकै प्रशंसा भएको थियो। सुगम संगीतमा उनको स्वर निकै राम्रो भएको धेरैको प्रतिक्रिया थियो।

भिडियोमा निर्देशक प्रकाश धितालले मेहनत गरेको देखिन्छ। भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेल फिचर छन्। उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने नृत्य निर्देशन सन्तोष राजबाहकको हेको छ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्