सोनमको ‘द जोया फैक्टर’को ट्रेलर रिलिज



एजेन्सी : अभिनेत्री सोनक कपुर अभिनित फिल्म ‘द जोया फैक्टर’को ट्रेलर रिलिज भएको छ। फिल्ममा एक जबरदस्त कहानीलाई प्रस्तुत गरिने बताइएको छ। पछिल्लो समय यो फिल्मको फोष्टरहरु सार्वजनिक गरिएको थियो । पोष्टर रिलिज भएसँगै फिल्मको कन्टेन्टको चर्चा सुरु भएको छ।

फिल्ममा सोनमको अपोजिटमा दुलकर सलमान रहेका छन्। यो फिल्म २० सेप्टेम्बरबाट दर्शकमाझ रिलिजमा आउँदैछ। फिल्मलाई अभिषेक शर्माले निर्देशन गरेका हुन्। फिल्मको प्रोडक्शनको जिम्मा फक्स स्टार स्टुडियोले सम्हालेको छ।

‘द जोया फैक्टर’ जोया सोलंकी नामको एक युवतीको कहानी हो। जसले आफूले आफूलाई नै अनलक्की मान्छन्। तर बुबा भने क्रिकेटको लागि उनलाई निकै लक्की मान्छन्। यो फिल्मको कहानी निकै शान्दार भएको बताइएको छ।

यसै फिल्मबाट काका सञ्जय कपुरले अभिनेत्री सोनम कपुरको बुबाको भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्