नेपाल-चीन संयुक्त सैन्य अभ्यासका लागि चिनीयाँ सेना काठमाडौँमा



काठमाडौं : नेपाल-चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा सुरु भएको छ । यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौँ आएका छन् ।

महाराजगञ्जस्थित विशेष बाहिनी लक्ष्य निवासमा सुरु भएको तालिममा नेपाली सेनाका तर्फबाट पनि महासेनानीको नेतृत्वमा विशेष फोर्सका २२ जना सैनिक सहभागी छन् ।

सैनिक प्रवक्ताका सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार नगरकोट र महाराजगन्जमा गरी यो तालिम २ सातासम्म सञ्चालन हुनेछ । तालिममा प्राकृतिक विपद् व्यवस्थापन र प्रतिआतंकवादसम्बन्धी अभ्यास हुने समाचार आजको नागरिक दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्