देशभर आंशिकदेखि सामान्य बदली, मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना



काठमाडौं : मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिणतर्फ रहेको कारण हाल देशका धेरै जसो भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार बिहान दैनिक बुलेटिन जारी गर्दै महाशाखाले देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्य केही स्थानहरुमा तथा पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

आगामी तीन दिनको मौसम 

भदौ १३ गते (शुक्रबार)

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रही पूर्व र मध्य केही स्थानहरुमा तथा पश्चिमका थोरै स्थानहरुमा  मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

भदौ १४ गते (शनिबार)

दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ । साथै मध्य र पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

भदौ १५  गते (आइबार)

दिउँसो : देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

राति : देशभरी सामान्य बदली रही पूर्व र मध्य थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

यसैगरी देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित वर्षा हुने सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस्