आज १५४ औँ मोतीजयन्ती, विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै



काठमाडौं : आज मोतीजयन्ती । राष्ट्रिय विभूति युवाकवि भट्टको १ सय ५४ औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

भाद्र कृष्ण औँसी अर्थात् कुसे औंसीका दिन विक्रम संवत् १९२३ मा कवि मोतिराम भट्टको जन्म भएको थियो । आज मुलुकभर विभिन्न कार्यक्रम गर्दै मोतिराम भट्टको साहित्यिक योगदानको चर्चा गरिंदैछ । 

कवि तथा गजलकार मोतिराम भट्टको जन्म काठमाडौंको भोसीको टोलमा भएको हो । अल्पआयुमै निधन भएका मोतिराम भट्टले पच्चिस भन्दा बढि साहित्यिक कृतिहरू नेपाली भाषा साहित्यलाई दिनु भएको छ । 

Image result for मोतिराम भट्ट

अर्को गुमनाम रहेका भानुभक्त आचार्यलाई सबैमाझ चिनाउने काम पनि उहाँले नै गर्नु भएको हो तसर्थ पनि नेपाली साहित्यमा मोतिराम भट्टको अतुलनिया योगदान रहेको छ । 

नेपाली भाषा साहित्यमा गजल बिधाको प्रवेश पनि उहाँले नै गर्नु भएको हो त्यसैले गजलका पारखिहरूले मोति जयन्तिलाई बिशेष महत्वका साथ मनाउँदै आएका झन् । 

यस्तै नेपालमा छापाखाना भित्र्याएको श्रेय समेत उहाँलाई नै जान्छ । भट्टद्वारा लिखित ‘मोतीराम भट्टका उपलब्ध ग्रन्थावली’, ‘गजेन्द्रमोक्ष’, ‘प्रह्लाद भक्ति कथा’, ‘पिकदूत’, ‘भानुभक्तको जीवन चरित्र’ लगायत कृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्