आज गोकर्णेश्वर नगरपालिकामा सार्वजनिक बिदा



काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले कुशे औँसीको दिन पारेर आज (शुक्रबार) सार्वजनिक विदा दिएको छ । 

नगरपालिकाले सार्वजनिक सूचना जारी गरी शुक्रबार बिदा दिन लागेको जनाएको हो । 

unn.prixa.net

बुधबार बसेको २५ औँ नगर कार्यपालिकाको बैठकले कुशे औँसीको दिन शुक्रबार बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्