सेनामा २२ भाई जर्नेलको सरुवा, सैनिक सचिवमा थापा



काठमाडौं : भद्रकालीस्थित जंगी अड्डाले दुई दर्जन जर्नेलहरुको काज सरुवा गरेको छ । प्रधान सेनापति स्तरीय निर्णयबाट सेनामा शक्तिशाली मानिने सैनिक सचिवमा सहायक रथि निर्मल थापाको ठाउँमा विनय विक्रम राणालाई ल्याइएको छ ।

यसैगरी गोकुल भण्डारी पश्चिम पृतना हेडक्वार्टरमा सरुवा गरिएको छ भने संजय थापालाई निर्देशक विपत व्यवस्थापन निर्देशनालयमा ल्याइएको छ । 

चिफ अफ स्टाफ मध्य पूर्वी पृतनामा निरमानसिंह गुरुङ्ग, सैनिक सचिव विभागमा विनयविक्रम राणा, चिफ अफ स्टाफ उत्तर पूर्वी पृतनामा बावुराम श्रेष्ठ र शिक्षाधिकृत सैनिक प्रतिष्ठान सन्तोष कुमार ढकाललाई सरुवा गरिएको छ । 

त्यस्तै निर्देशक युद्धकार्य निर्देशनालयमा सहदेव खड्का, सह महानिर्देशक सै.ता.तथा ड.म.नि.मा हिमांशु खड्का, बाहिनीपति ४ बाहिनीमा सुरेश कुमार बानियां, निर्देशक वेबृ तथा समारोह निर्देशनालयमा प्रदिपजंग केसी, बाहिनीपति २७ बाहिनीमा पंकज कार्कीलाई सरुवा गरिएको छ । 

योगराज शर्मालाई चिफ अफ स्टाफ पूर्वी पृतनामा सरुवा गरिएको छ भने सुरेन्द्रसिंह रावललाई चिफ अफ स्टाफ सुदूरपश्चिम पृतनामा पठाइएको छ । 

बाहिनीपति ३ बाहिनीमा सागर बहादुर थापा, बाहिनीपति २१ बाहिनीमा आश बहादुर तामाङ, बाहिनीपति १८ बाहिनीलाई कृष्णप्रसाद सापकोटा, बाहिनीपति ९ बाहिनीमा गणेश कुमार श्रेष्ठ, सह शिक्षाध्यक्ष सै.क तथा स्टाफ कलेजमा विष्णु रावत, निर्देशक सैनिक सामाग्री प्राप्ति निर्देशनालययमा निरज पौडेल, निर्देशक राष्ट्रिय सेवा दलमा जित बहादुर गुरुङ्ग, निरिक्षणधिकृतको कार्यालयमा अशोक सिग्देल र  बाहिनीपति  २३ बाहिनीमा पवनराज घिमिरेलाई सरुवा गरिएको जंगी अड्डाले जनाएको छ । 

त्यसैगरी दुई महासेनानीलाई पनि सरुवा गरिएको छ । जसअनुसार अनुपजंग थापा बाहिनीपति २८ बाहिनी र भुपालमान अधिकारी,अनुसन्धान र विस्तार निर्देशनालयमा सरुवा गरिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्