थाहा पाउनुहोस् आजको राशिफल



काठमाडौं । आज ५ भदौ, २०७९, आइतबार । तद्नुसार अगष्ट महिनाको २१ तारिक २०२२ । भाद्रकृष्णपक्ष नवमी तिथि, बणिज करण, मृगशिरा नक्षत्र, हर्षण योग, चन्द्रमा वृष राशिमा रहेको छ।

आज बिहान सूर्योदय ५ः३७ मा हुनेछ भने सूर्यास्त ६ः३७ मा हुनेछ। आइतबारको दिन बिहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ। आजको दिन सूर्योदयको दर्शन गर्दा साताका दिन सफल हुने सकारात्मक उर्जा मिल्नेछ। आज बिहान ११ः४२ देखि १२ः३४ सममको समय अभिजित मुहूर्त रहेको छ। यो समयमा शुभकार्य गर्न सकिन्छ।

आजको देवता भग र ग्रहदेव सूर्य रहेको छ । यात्राको लागि आजको दिन शुभ रहेको छ। कुनै नयाँ खोज तथा अनुसन्धानका लागि आजको दिन शुरुवात गर्दा सफलता मिल्नेछ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन स्वास्थ्यमा केही समस्या हुनसक्छ, ख्याल राख्नुहोला। मनमा अनेक सोच र चिन्ता हुनसक्छ। त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नुहोला। आजको दिन आर्थिक व्यय हुनेछ। आजको दिन उत्तर दिशा तर्फ यात्रा नगर्नुहोला। कसैको अहित हुने काम पनि नगर्नुहोला।   

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातका लागि व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । पूर्व दिशा तर्फको यात्रा फलदायी  हुनेछ । तपाईको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह हुनेछ । मनमा चिन्ता र भय हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहान सूर्योदयको दर्शन गर्नुहोला।   

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ सुखद खबरले तपाईलाई हर्ष छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । कम बोल्नु र आफ्नो नियमित काम गर्नु होला । 

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने पश्चिम तर्फको यात्रा सफल हुनेछ । तपाईले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार गरेर निर्णय गर्नुहोस् आइतबारको दिन विहान सूर्योदयको दर्शन र कुमारी कन्यालाई केही उपहार र खानेकुरा दिनु वेश हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले आइतबारको विहान सूर्योदयको दर्शन गर्नुहोला। आजको दिन तपाईको अनुकूल रहेको छ। त्यसैले केही नयाँ कामको सुरुवात गर्न सक्नुहुनेछ । तपाईले कसैलाई सहयोग गर्नुभएको छ भने तपाईलाई मानसम्मान मिल्नेछ। पारिवारका सदस्यहरुले समेत तपाईलाई माया गर्नेछन्। कसैसँग पनि विवाद हुने काम नगर्नुहोला।

 कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

आज बिहान सूर्योदयको दर्शन गर्नुहोला। नयाँ र सत्सगी मित्रहरुहरुसँगको भेटले काममा उत्साह थपिने छ। आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ। चन्द्रमाको साथ रहेको छ। कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईलाई उनको आशीर्वादले तपाईमा सकारात्मक सोच बढ्ने छ । बृद्ध व्यक्तिलाई खाना र नाना उपहार दिनु राम्रो हुनेछ। 

 तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ। व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईलाई हानीहुनसक्छ। यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ। सकारात्मक सोच राखेर अघि बढ्नु होला। अर्थलाभ हुनेछ, कसैप्रति द्धेषभाव नराख्नुहोला । 

 वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईले कुनै नयाँ कामको सुरुवात समेत गर्न सक्नुहुनेछ। आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ। नयाँ क्षेत्र र लगानीको काम गर्न सक्नुहुनेछ । समयमा काम अघि बढाउन सक्नुहुनेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन देवालय र शिवालय यात्राले मनमा रहेको चिन्ता र भय हटने छ ।   

 धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

सन्तानबाट सुख परिवारको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । तपाईमाथि अनावश्यक आरोप लाग्नसक्छ । त्यसैले आजको दिन कुनै देवालय, शिवालयको यात्रापछि मात्र आजको दिनको शुरुवात गर्नुभयो भने ग्रहहरुको प्रभावले तपाईको कार्यकुशलता वृद्धि हुनेछ ।

 मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

ब्यापार व्यवसायबाट लाभ हुनेछ। परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ। सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । वृद्ध र बालकलाई मानसम्मान गर्नहोला।

 कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । सबैको हित हुने सोच र काम गर्नुभएको छ भने अप्रत्याशित फल प्राप्त हुनेछ । आफन्तजनहरुको साथ सहयोग पाउनुहुनेछ ।  

 मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्नेछ । कुनै नयाँ कामको शुरुवातको लागि आइतवारको दिन तपाईको लागि उत्तम दिन हो । सरकारी झमेलामा पर्नुभएको छ भने आजको दिन पहल गर्नुभयो भने साता भित्र तपाईको काम सम्पन्न हुनसक्नेछ । साँझको समयमा परिवारका सदस्यलाई केही खानेकुरा उपहार दिनुहोला ।

 

 

प्रतिक्रिया दिनुहोस्