भारत-पाकबीच दुई महिनाभित्र युद्ध हुने पाकिस्तानी मन्त्रीको खुलासा



भारतले आफ्नो संविधानको धारा ३७० निलम्बन गरेर जम्मु कश्मीरको विशेषाधिकार खारेज गरेपछि पाकिस्तानले भारतमाथि चर्को आक्रोश पोखिरहेको छ । 

यहि आक्रोश बीच पाकिस्तानका रेलमन्त्रीले पाकिस्तान र भारतबीच युद्ध हुनसक्ने प्रवल सम्भावना रहेको बताएका छन् ।

उनले पत्रकारहरुसँग बोल्दै भने- 'अक्टूबरको अन्त्यतिर वा नोभेम्बर डिसेम्बरतिर भारत-पाकिस्तानबीच युद्ध हुनसक्ने देख्दैछु । यसका लागि जनतालाई तयार पार्न लागेको छु । युद्ध हुन्छ नै भन्ने त होइन् तर मोदीलाई सम्झाउन अरु ठूला मानिसहरुले गरेजस्तो गल्ती म गर्नेछैन् ।' 

भारतीय हस्तक्षेपपछि कश्मीरका मुसलमानहरुले पाकिस्तानको मुख ताकेको दाबी गर्दै उनले भने- '१४,२५ करोड मुसलमानले पाकिस्तानको मुख ताकेका छन्, सबै मतभेद हटाएर हामी एकजुट भई कश्मीरीहरुको समर्थनमा लाग्नुपर्छ नत्र समयले हामीलाई माफि दिँदैन् ।'

राष्ट्रलाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुवै मुलुक परमाणु शक्ति सम्पन्न भएको र युद्धभए आफूहरु कुनै पनि हदसम्म जान सक्ने बताएका थिए ।

Image result for imran khan

यसैक्रममा पाकिस्तानी नेताहरुको चर्को टिप्पणीप्रति भारतीय विदेश मन्त्रालयले कडा प्रतिक्रिया दिएको बीबीसी नेपाली सेवाले जनाएको छ । 

विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बिहीवार प्रेस सम्मेलनमा बोल्दै भने- 'पाकिस्तानको तर्फबाट निकै गैरजिम्मेवारपूर्ण वक्तव्य आइरहेका छन्।'भारत तिनको कडा शब्दमा भर्त्सना गर्छ। पाकिस्तानको यो बयानबाजी भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो।'

Image result for प्रवक्ता रवीश कुमार

उनले थपे- 'पाकिस्तानले बुझ्नुपर्छ कि संसारले उसको चाल थाहा पाइसकेको छ। कोही पनि मूर्ख बन्नेछैनन्।'

प्रतिक्रिया दिनुहोस्