कोरिया गएका नेपाली  एयरपोर्टमै अलपत्र 



काठमाडौं : कोरिया प्रवेश गरेका मौसमी कामदारलाई इन्छन विमानस्थलको अध्यागमन विभागले फिर्ता पठाएको छ ।  कोरियाको पोछन नगरपालिका र सुर्खेतको पन्चपुरी नगरपालिकाबीच सिधा सम्झौतापछी मौसमी कृषि क्षेत्रमा काम गर्ने गरी १३ जना नेपाली कामदार कोरिया प्रवेश गरेका थिए । 

गत १३ तारिख इन्छन विमानस्थलमा प्रवेश गरेका उनीहरुलाई प्रवेश हुनु अगावै पोछन नगरपालिकाले  भिषा रद्द गरेपछि फिर्ता पठाइएको  हेल्लो नेपाल कोरियाले जनाएको छ । 

प्रवेश गरेका १३ जना मध्ये ८ जना आफ्नै खर्चमा नेपाल फर्किए पनि बाँकी ५ जना भने कोरिया प्रवेश गर्न पाउनुपर्ने माग राख्दै विमानस्थलमाको आगमन कक्षमा अलपत्रै बसिरहेको कोरियन सञ्चारमाध्यमहरुले जनाएको  छ । 

उनीहरूमध्ये ८ जना अंग्रेजी भाषा बोल्न नजाकाले फिर्ता भएका छन् भने अंग्रेजी भाषामा बोल्न सक्ने ५ जनाले जसरी पनि प्रवेश पाउनुपर्ने माग गर्दै धर्नामा बसेका हुन् । 

हेल्लो नेपाल कोरियाका अनुसार अध्यागमन विभागले उनिहरुलाइ फिर्ता हुन दवाव दिइरहेको छ भने यदि नमाने जबरजस्ती फिर्ता पठाउने  समेत बताएको छ ।  त्यस्तै कामदार सम्झौता गरेको पोछन नगरपालिकाले समेत उनीहरुलाई भिषा रद्द भएका कारण स्वदेश फिर्ता हुन भनेको छ । 

गत अप्रिलमै कोरिया प्रवेश गर्नुपर्ने उनीहरुलाई  तेस्रो  व्यक्ति मार्फत सम्झौता गरिएकोले कामदार पठाउने प्रक्रियामा ढिलाइ हुदा भिषा रद्द भएको हुन् सक्ने बताइएको छ ।  उनीहरु भारतको बाटो हुँदै कोरिया प्रवेश गरेका थिए । 

कोरियामा मौसमी कामदारको अभावलाई पूर्ति गर्न नगरपालिकाले गरेको सम्झौताको आधारमा न्याय मत्रालायले  यो वर्ष नेपालबाट ६९ जना कामदारको लागि अनुमति प्रदान गरेको थियो । त्यस्तै मंगोलिया तथा फिलिपिन्सबाट समेत मौसमी कामदार ल्याउने सम्झौता भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्