यातायात कार्यालयका प्रमुखसहित तीन जना पक्राउ 



काठमाडौं : यातायात व्यवस्था कार्यालय सेतीका कार्यालय प्रमुखसहित तीन जना घुससहित पक्राउ परेका छन् । 

कार्यालय प्रमुख गम्भिर सिंह विष्ट, अधिकृत (सातौं) भुवन जोशी र अधिकृत (छठौं) जयराज कारीगरलाई एक लाख ६६ हजार एक सय घुस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिइ गएको टोलीले नियन्त्रणमा लिएको हो । 

सेवाग्राहीको सवारी साधान बिक्री गरी नामसारी गरी दिए वापत सेवाग्रहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगले उनीहरुले पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालले जानकारी दिए । 

प्रवक्ता कोइरालाका अनुसार तीनै जनाको साथबाट घुस रकम वापत १५ हजार र श्रोत खुल्न नसकेको एक लाख ५१ हजार एक सय समेत गरी जम्मा एक लाख ६६ हजार एक सय बरामद गरिएको जानकारी दिए । 

तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए । 

 

 

प्रतिक्रिया दिनुहोस्