सुदूरपश्चिम सरकारका सामाजिक विकास मन्त्री दीर्घ सोडारी पदमुक्त



काठमाडाैं : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घ सोडारी पदबाट बर्खास्त भएका छन् । नेकपाका ७ नम्बर प्रदेश इन्चार्ज भीम रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् ।

 

नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल, अध्यक्ष कर्ण थापा लगायतको बिहान बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरको हो। उनी पदमुक्त भएसँगै मुख्यमन्त्री भट्टले आजै मन्त्रिपरिषद् बैठक विस्तार गर्ने तयारी गरेका छन्।

 

सोडारीले आचारण विपरितको काम गरेको आरोप नेकपाले लगाएको छ। दीर्घ सोडारीको ठाउँमा कृष्ण सुवेदीलार्इ मन्त्री बनाउने तयारी भएको छ। उनलार्इ दिउँसो ४ बजे नै सपथ खुवाउने तयारी समेत भएको छ। सुवेदी कैलाली ४ 'ख' बाट निर्वाचित हुन्।

 

तत्कालीन नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष सोडारी पार्टीभित्र घनश्याम भुसाल र योगेश भट्टराई निकटस्थ मानिन्छन् । सोडारी निकट स्रोतले भने पार्टीको आन्तरिक गुटबन्दीका कारण मन्त्रीबाट हटाइएको आरोप लगाएको छ।

 

 प्रदेश मन्त्रीबाट बर्खास्त हुनेमा सोडारी दोस्रो व्यक्ति भएका छन् । यसअघि प्रदेश ३ का भौतिक पुर्वाधारमन्त्री केशव स्थापित बर्खास्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्