ज्यान मार्ने उद्योगमा संलग्न अभियुक्त पक्राउ



काठमाडौं : ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

गत साउन ३१ गते मोरङ कानेपोखरी गाउँपालिका ६ स्थायी घर भइ हाल काठमाडौं हेपाली हाईट बस्ने वर्ष ३६ को दिपक तामाङलाई कुटपिट गरी फरार रहेका एक जनालाई प्रहरी बिहीबार दिउँसो पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक विशंखूपाखर गाउपालिका १ घर भइ हाल काठमाडौं बौद्ध महांकाल बस्ने वर्ष १९ का मनोज लामा रहेको महानगरीय अपराध महाशाखाले  जनाएको छ । 

लामाको कुटाइबाट गम्भिर घाइते भएका तामाङलाई प्रहरीले बाँसबासी न्यूरो अस्पतालमा उपचारका लागि लगेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्