गुट्खामा राजश्व छली हुँदा राजश्व कार्यालय मौन



दिनेश्वर गुप्ता

जनकपुरधाम : सुर्तिजन्य पदार्थ गुट्खामा व्यापक राजश्व छली भइरहेको भेटिएको छ । राजश्व छली गरेर भित्र्याइएको गुट्खा सिरहाको गोलबजार, लहान, मिर्चैयालगायतको ग्रामिणक्षेत्रको बजारमा फेला परेको हो । 

आन्तरिक राजश्व विभागले पानगुटखाको प्याकेटमा अनिवार्य रुपमा देखिने गरी अन्तशुल्कको स्टिकर टाँस्नु पर्ने व्यवस्था छ । तर, तराई–मधेसका बजारहरुमा भने विना स्टीकरका गुट्खा छ्यापछ्यापती पाइने गरेको छ । 

कतिपया व्यापारीले एउटै राजश्वको स्टीकर गुट्खाको प्याकेटमा पटक–पटक प्रयोग गरी राजश्व छली गर्ने गरेको भेटिएको छ ।

यता गुट्खा व्यापारीले राजश्व छलि गर्दा पनि आन्तरिक राजस्व कार्यालय लहानका कर्मचारी कानमा तेल हालेर बसेका छन् । लहान बजारमा व्यापक राजश्व छली हुँदा आन्तरिक राजस्व कार्यालय बेखबर छ ।

यस विषयबारे बुझ्न द नेपालटपले आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क गर्दा एक कर्मचारीले नाम नखोल्ने सर्तमा भने—सबै ठाउँमा हामी पुग्न नसक्दा केही व्यापारीले यस्ता धन्दा चलाइरहेका छन्, यसबारे छानबिन गर्छौं ।

गुट्खा कारोबारीहरुले २० देखि २५ प्रतिशत गुट्खामा राजश्वको स्टीकर लगाउने गरेपनि धेरैजसोमा स्टिकर लगाउने गरेको पाइदैन ।

बजारमा पुकार, राजनिवास, भोला, पानपराग, गोमती जस्ता गुटखामा व्यापक राजश्व छली हुँदै आएको छ ।

    

 

प्रतिक्रिया दिनुहोस्