राष्ट्रपतिसँग शिष्टाचार भेट



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जापानको प्रतिनिधिसभा सदस्य इनादा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज (शुक्रबार) भेटवार्ता भएको छ ।

त्यस अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका साथै दुवै देशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धिलगायत विषयमा विचार विमर्श भएको थियो ।

 परराष्ट्र मन्त्रालयका अनुसार भेटका बेला नेपाल र जापान सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

 

प्रतिक्रिया दिनुहोस्