जीप दुर्घटनामा दुई जनाको मृत्यु



काठमाडौं : मेल्लेक गाउँपालिका–७ नन्देगडामा आज (शुक्रबार)  साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । 

साँफेबगरबाट मेल्लेकतर्फ जाँदै गरेको से१ज ९८६ नंको जीप नन्देगडा बजार नजिक सडकबाट तीन मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मेल्लेक–७ का ३० वर्षीया कौशी साउद र ३१ वर्षीया कित्थी साउद रहेको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए । 

घाइते हुनेमा चालक नृप साउद, जनक साउद, सज्जन साउद, मनिषा उपाध्याय र अर्का एक नाम नखुलेका व्यक्ति रहेका छन् । उनीहरुलाई उपचारका लागि बयलपाटा अस्पताल लगिएको छ । 

प्रतिक्रिया दिनुहोस्