डुम्रेमा ट्रिपरको ठक्करबाट २ जना गम्भीर घाइते



पाल्पा : जिल्लाको डुम्रेमा ट्रिपरको ठक्करबाट २ जना गम्भीर घाइते भएका छन् । 

शुक्रबार साँझ तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २९९४ नम्बरको ट्रिपरले बुटवलबाट तानसेनतर्फ आइरहेको लु ३३ प ९३५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ट्रिपरको ठक्करबाट मोटरसाइकल चालक पाल्पा जिल्लाका यम्घा बस्ने  थर्कराज खनाल र मोटरसाइकलको पछाडि बस्ने २० वर्षीया रञ्जु खनाल गम्भीर घाइते भएका हुन् ।

घाइते दुबैजनाको उपचार तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा भइरहेको छ । ट्रिपर चालक र ट्रिपर प्रहरीले नियन्त्रणमा लिइ थप अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्