काठमाडौं : एक समय होड्बाजीनै चलेको थियो। एसएलसी सकिए पछि कम्प्युटर सिक्न सहर जाने। म एउटा सामान्य परिवारको छोरी थिए। परिक्षा दिइसकेपछि सबै सहर जान थाहे। मलाई पनि गाउँ बस्न मनै लागेन। घरमा बुबा ममीसँग कुरा गरे। उहाँहरूले पनि पढ्न त भन्नु भयो। दाइहरूले पर्दैन भन्दै हुनुहुन्थयो तर मैले मानिन।
त्यसपछि घरदेखि २ घण्टा टाढा किर्नेटार बजारमा कम्प्युटर सिक्ने भए। त्यतिखेरको खुसी म व्यक्त गर्न पनि सक्दिन। घरबाटै धाउन समस्या भएपछि म रुम लिएर बस्ने भए।
गाउँकै एक जना साथी पनि थिई। हामीले सँगै एसएलसी दिएका हौँ। उसले र मैलेसँगै कम्प्युटर क्लास जोयन गर्यौ । म सहरमै कोठा लिएर बस्ने भए तर मेरो साथीलाई कोठाभाडामा बस्न मम्मी बुबाले दिनु भएन। उ घरबाटै धाउन थाली भने म त्यही कोठा लिएर बसे।
घरमा बसेको भएता दिन कटेको पत्तो नै हुँदैन थियो तर म रुममा बस्ने निर्णय लिएपछि कम्प्युटर पढी सकेपटि म ट्रेलर पनि सिक्ने भए । एक दिन गाउँकै एक जना सूर्यको मित भन्ने काका पर्नेको छोराले मेरो साथीलाई धेरै माया गर्दो रहेछ र कम्प्युटर पढ्न आउँदा आदि बाटो सम्म पुर्याइदिन आउँदो रहेछ तर मेरो साथीलाई पटक्कै मन नपर्ने।
मैले पनि त्यो केटालाई देखेको मात्र हो त्यस्तो धेरै बोलचाल त भएको थिएन। कहिलेकाहीँ बजारमा भेट भयो भने मेरो साथीको नम्बर देउन भन्थ्यो त कहिले उ मलाई मिलाई देउन भन्थ्यो।
म भन्थे मबाट त्यस्तो काम हुँदैन। हुन पनि हो, माया भन्ने चिज आफसेआफ हुने कुरा हो। कसैले योसँग माया गर भनेर पनि नहुने।
एकदिन साँझ परिसकेको थियो। खाना पकाउँदै थिए। मेरो काकाको छोरा दाइको फोन आयो।
उहाँले भन्नु भयो, ओइ त कहाँ छस्रु
मैले भने, ‘म रुममै छु खाना पकाउँदै।
फेरी उहाँले भन्नु भयो, सुन्न हामी बजार आएका थियौं, फर्कन लागेको ठुल्लो पानी पर्यो रात पनि परि सक्यो। हामी तेरो रुममै बस्न परो आज।
मैले भने, को को हुनुहुन्छ र ?
हामै गाउँको एक जना दाई हुनुहुन्छ। हामी २ जना हौँ।
ए ल ल त्यसो भए म लिन आउँछु। कहाँ नेर हुनुहुन्छ ?
म यही बजारमा छु।
त्यसपछि हत्तनपत्त रुम यसो अलि अलि मिलाए र लिन गए,खाना पकाएर खुवाए। त्यसपछि यसो कुराकानी गरेर सुत्यौँ। उहाँहरू बिहानै उठेर घर जानु भयो। त्यस दिन पनि उसले मलाई मेरो साथीको नम्बर देउ भन्दै थियो तर मैले मानिन।
त्यसको केहिदिन पछि सूर्यको मित भन्ने त्यही दाइले फेसबुकमा फ्रेन्ड रिक्वयस्ट पठाए।
फेसबुकमा फ्रेन्ड रिक्वयस्ट आउनु कुनै नौलो कुरा पनि थिएन।
दिनमै कति जनाको रिक्वयस्ट आउँथ्यो त्यो पनि थाहा हुँदैन थियो। तर उसलाई चिनेको हुनाले एसेप्ट गरे।
फेसबुकमा फ्रन्ड भएपनि कुरा भएको थिएन। म पनि ट्रेलर र कम्प्युटर सिकिसके।
एसएलसीको रिजल्ट पनि आयो। म पास भए। यहिबिचमा दाइसँग ठुलो झगडा, कुटाकुट नै भयो। त्यसपछि घरमा बस्नै मन भएन। प्लस टू पनि पढ्नु थियो।
पहिला देखिनै सहरमै गएर पढ्ने मेरो ठुलो इच्छा एक त घरमा दाइसँग झगडा भएपछि बस्न पनि मन थिएन।
अनि मैले काठमाडौं नै आएर पढ्ने निर्णय गरे। दाइलाई सोध्नु कुनै उचित ठानिन किनकि एकै घरमा बसे पनि बोलचाल थिएन।
घरमा मम्मी बुबालाई सोधे उहाँले पढ्ने भएपनि पढ् तर हामी घरबाट पैसा पठाउन सक्दैनौं भन्नु भयो ।
हुनपनि हो उहाहरु खेतिकिसान गरेर खानलाई त धौं धौं हुन्थयो कसरी काठमाडौं जस्तो ठाउँमा बसेर पढाउन सक्नु ?
त्यसपछि मैले काम गर्दै पढ्दै गर्ने निर्णय लिएर म काठमाडौं आए।
लगभग ५÷६ हजार लिएर आए।
काठमाडौंमा आएपछि फेसबुक अलि धेरै चलाउन थाले।
त्यस्तै १÷२ महिना पछि फेसबुकमा बोलायो।
उ त विदेश पो गइसकेको रहेछ।
त्यसपछि विस्तारै कुराकानी हुन थाल्यो।
म उसलाई दाई भन्थे उसले मलाई बहिनी भन्थ्यो।
यसरी नै हाम्रौ दिनहुँ फोन र फेसबुकमा कुराकानी हुन थाल्यो।
उसको बहिनी नभएकोले मलाई बैनी बनाउँछु भन्यो। मैले पनि सहजै हुन्छ भने।
त्यसपछि हाम्रो नाता दाजु बहिनीको भयो। मेरो दाजुभाइ त नभएको होइन । मेरा पनि २ दाजु र एक भाइ थिए । तर ठुलो दाइसँगको सम्बन्ध खासै राम्रो थिएन। त्यस कारण पनि मैले दाजुबहिनीको जस्तो पवित्र सम्बन्धलाई सहजै स्वीकारेको हु।
त्यसको केही समयपछि उसले पैसा पठाइ दिन्छु भन्यो तर मैले लिन मानिन।
दाजु बहिनीको सम्बन्ध बनाएपनि सहजै कसैको पैसा मलाई स्वीकार्य हुँदैन थियो। चाहेँ कति दिनसम्म भोकै किन बस्न नपरोस्।
काठमाडौं जस्तो ठाउँमा कोठा भाँडामा बसेको थिए। पैसाको आवश्यकता नहुने त कुरै थिएन। घरबाट पनि पठाउनु भएको थिएन । सानो दाइले काम नगरे पनि एकचोटि ३ हजार पठाई दिनुभएको थियो।
साथिहरुसँग मागेर चलाई रहेकै थिए।
मैले नत काम नै गर्थे, ११ मा भर्ना पनि भएको थिए। काम पनि खोजिरहेको थिए तर काम पाई रहेको थिएन। काठमाडौं जस्तो ठाउँमा काम हत्तपत्त नपाइने। यस्तो अवस्थामा उसले पैसा पठाइ दिन्छु भने तर मलाई लिन त मन थिएन तर उसले, ‘तिमी जस्तै अर्को एक जनालाई पनि पढाइ रहेकै छु। तिमीलाई पनि म आफैँ पढाउँछु।’
सानै देखिको पढ्ने मेरो रहर। (रगतको साइनो) आफ्नो दाइले नपढाए पनि (भावनाको साइनो) बनाएको दाइले त पढाउला भन्ने आशा पलायो। त्यसपछि मलाई १६ हजार पैसा पठाइ दिए।
मैले पैसा लिएपछि भने दाई म काम पनि खोजिरहेको छु काम पाएपछि म बिस्तारै गरेर दिन्छु है।
उसले भन्यो, दाजु बहिनीमा पनि यस्तो हुन्छ रु म तिमीलाई पढाउन सक्दिन र ? तिमी मेरो बहिनी हौँ । दाजु बैनीमा पैसाको कुरा हुँदैन। तिमी सरासर पढ्। कति खर्च लाग्छ म ब्यहोर्छु।
हुन पनि हो मैले पनि सच्चा दिलले दाजु बनाएको थिए। त्यसपछि मैले त्यो पैसा कोठाभाडा, रासन पानी, साथीभाइलाई तिरे।
यसको केही समयपछि मैले पनि काम पाए। उसलाई भने अब म पनि काम गर्छु । एउटा ट्रेलरमा काम पाएको छु। उसले भन्यो, ‘अहिले काम नगर पढाइमा असर पर्छ। यो उमेर भनेको पढ्ने हो।’
तिमी कति पढ्छौँ म पढाउँछु भन्दै काम गर्न दिएनन्। त्यसपछि काम छोडेर पढाइ तिरै ध्यान दिन थाले। अब उसले भनेको नमानु पनि कसरी उ म भन्दा ठूलो मान्छे । आफू भन्दा ठुलामान्छेले भनेको पनि नमानु कसरी।
यसरी नै दिन बित्तै थिए। दिनहुँ कुराकानी भइरहेकै थियो, कहिलेकाहीँ अनौठो कुराकानी गर्थे।
मलाई अचम्म लाग्थ्यो। एक दिन उसले भन्यो अब म नेपाल आउँदै छु। मेरो लागि एउटा रुम खोजिदेऊ। सामान पनि सबै जोडिदेऊ, रुममा चाहिने जति, म अब १÷२ महिनामा नेपाल आउँछु।
तिमी अहिले बसिरहेको ठाउँबाट सरेर नयाँ लिएको कोठामै बसिराख। म आए पछि रुम नपाइजेल एउटै कोठामा बसौला त्यस पछि दुवै जना मिलेर खोजौला। म पनि नेपाल आउने बित्तिकै बिहे गर्छु।
त्यसपछि मैले पनि हुन्छ भने र उसले भने जस्तै गरे। उसले ६० हजार रुपैयाँ पढाइदियो। म बसेको कोठा छोडे र सामान पनि सबै बेचिदिए। अनि ६÷७ हजारको कोठा खोजे र सबै नयाँ सामान किने। तर २ महिना जति हुँदा पनि कमाई पर्नेछैन भनेर पैसा पठाएन। त्यसपछि कोठा भाडा तिर्न समस्या भयो। घरबेटीले पनि किच किच गर्नथाल्यो।
त्यस पछि सबै सामान बेचे र कोठा भाडा बुझाए।
अलिअलि सामान र पैसा लिएर म गाउँ गए।
गाउँमा २ हप्ता बसेपछि म फेरी काठमाडौं आए र फेरी सस्तो सस्तो खाल्को कोठा खोजे अनि त्यही बस्न थाहे।
उ सँग कुरा त भइरहेको थियो। यसरी सामान बेचेको पनि सुनाए। उसले केही भएन।
एक दिन फेसबुकमा आई लब यू भनेर म्यासेज पढायो। म त अच्चम्ममा परे भाइटिका लगाउने भनेर कुरा भइरहेको थियो तर एक्कासि यस्तो म्यासेज आएको देख्दा म त अच्चम्ममा परे। मैले हत्तनपत्त रिप्लाई दिए दाई तपाईँले यो के भन्नु भएको ?
उसले पनि रिप्लाई गयो, ‘यस्तो केही पनि होइन। तिमी पढाइमा कतिको ध्यान दिइरहेको छौं भनेर हो। तिमी लभमा हो कि पढाइमा ध्यान दिन्छौ भनेर यसो क्रस चेक गरेको हो। चिन्ता नगर मैले जिस्केर भनेको हो।’
उसले यसो भने पनि मलाई नराम्रो लाग्यो। मलाई कता कता संका पनि लाग्यो। पहिला जस्तो विश्वास पनि लागेन। उ आउँछु भनेको धेरै महिना भैसकेको थियो।
म्यासेन्जरमा कुरा हुँदा म आएर सिधै तिमै्र कोठामा आउँछु। तिमी एयरपोर्ट लिन आऊ है भन्थ्यो।
१/२ दिन तिमै रुममा बसेर मात्र म घर जान्छु भन्थ्यो। मैले पनि हुन्छ आउनुन त कोठामा एउटा खाट छ एउटा सोफा छदैँछ भन्थे।
तर कहिले काहि तिमीलाई भेटे पछि किस गर्छु है भन्थ्यो।
मैले मिल्दैन भन्थे। उनले भन्थ्यो, गालामा त हो नि। त्यही पनि तिमी मेरो बहिनी हौँ। यति त मेरो हक लागि हाल्छ नि। म भन्थे, हामी सानो बच्चा हैनौं यति ठुला भैसकेका छौं। किन किस गर्नु त ?
त्यसपछि कुरा अर्कै तिर मोडिदिन्थे। यसरी यी कुराहरू पटक पटक दोहोर्याइ रहन्थे तर मलाई पनि नराम्रो लाग्थ्यो।
कुरा भने भइरहेको थियो। उ आउने दिन नजिकिँदै थियो मेरो मनको ढुकढुकी पनि बढिरहेको थियो। एकदिन दुई दिन हुँदै आउने दिन आयो। उसले म्यासेन्जरमा म हिँडे है भनेर म्यासेज पठायो। म एयरपोर्ट आएर तिमीलाई कल गर्छु भनेर म्यासेज छोडेको रहेछ। तर उसले फोन गरेन। उ आइपुगेको भोलिपल्ट साँझमा मात्र कल आयो। कता छौं तिमी म तिम्रो कोठामा आउँछु।
मैले पनि हुन्छ भने किनकि पहिला देखिनै आउँछु भनेको हुनाले मेले त्यो भन्दा बढी प्रतिक्रिया दिइन। त्यसपछि म लिन गए र लिएर आए। झमक्क साँझ परिसकेको थियो।
खानासाना पकाएर खुवाए। त्यसपछि सुत्ने बेला भयो । उसलाई खाटमा ओछ्यान लगाएर म सोफामा सुत्न लागे। त्यसपछि उसले एउटै खाटमा सुतौँ भन्यो। मलाई अड् लाग्यो। यतिको उमेरमा एउटा केटा मान्छेसँग म कसरी सुत्नु ?
मान्न त मैले दाई नै मानेको हो तर पनि कि कि अप्ठ्यारो लागेर आयो। मैले भने हैन पाहुना आउँदा जहिले म सोफामै सुत्छु। मलाई समस्या हुँदैन। तपाईँ खाटमै सुत्नु न भने उसले मान्दै मानेन।
म तिम्रो दाई हो किन अड् मान्छौँ। उसले भन्यो,‘ बिचमा सिरानी राख्न त।’ तर मैले मानिन उसले मलाई सोफामा नै आएर तान्न थाल्यो। म पनि भैगो न त भनेर गएर छेउमा सुते। त्यसपछि उसले किस गर्छु भन्न थाल्यो।
मेरो मुख नजिक उसको मुख ल्यायो। मैले मिल्दैन भनेर हातले ठेले । तर उसले जबरजस्ती गर्न थाल्यो। उ त एउटा केटा मान्छे म भन्दा बलियो पनि थियो उसले जबरजस्ती मेरो ओठमा किस गर्यो। मैल उसलाई कति हटाउन खोजे तर पनि सकिन। उसले म माथि जबरजस्ती गर्न थालेपछि मैले कसो कसो गरेर उसको गालामा टोक्न भ्याए।
त्यसपछि उसले मलाई छोडिदियो। एक छिन त हानाहान नै पर्यो। त्यस पछि उसले कि मलाई ‘सेक्स’ गर्न दे कि मेरो पैसा देरु भन्न थाल्यो।
त्यसपछि मैले भने तलाई भोलि सबै पैसा दिन्छु। कति भएको छरु हिसाब गर भने। मसँग पैसा नभए पनि आँट गरेरै भएपनि भने। किनकी मेरो लागि इज्जत भन्दा ठुलो पैसा थिएन। त्यसपछि उ राति नै जान लाग्यो तर मैले भने, ‘त आज यही बस रातिराति पाहुना निकाल्ने हाम्रो संस्कार छैन। तहिले पो मलाई पाप सोचिस् तर मैले तलाई पाप सोचेको छैन। त आज यही बस भोलि बिहानै उठेर जा। तरो पैसा म तलाई फिर्ता जसरी पनि गर्छु भने।
तर मलाई रात भरि निन्द्रा लागेन। मेरा आँखाबाट आँसुका धारा एकोहोरो बगिरहे। भोलि नै त्यत्रो पैसा कहाँबाट ल्याएर दिने होरु यसलाई मैले कुन दिनमा दाजु र बहिनीको पवित्र सम्बन्धलाई स्वीकार गरेछु। कसैलाई पनि विश्वास गर्नु हुँदैन रहेछ भनेर त्यो दिन मैले थाहा पाए। रातभरि रोएर नसुती उज्यालो भयो। बिहानै उठेर उ गयो।
त्यसपछि धेरै चिन्ता हुन थाल्यो भनौँ भने पनि कसलाई भन्नु। कलेज पनि जान छोडी सकेको थियो। त्यसको केहिदिनमा फेरी फोन आयो। मन ढुकढुक हुन थाल्यो। फोन नउठाउ पनि कसरी उठाए ।
उसले भन्यो, मेरो पैसा तत्काल देउ नभए म तेरो गाउँमा भन्दिन्छु। मेरो पैसा खाई भनेर तेरो बेज्जेत गरिदिन्छु भन्न थाल्यो। म एउटा केटी मान्छे। गल्ती नै नभए पनि गाउँकाले एउटा केटी मान्छेको कहाँ विश्वास गर्छन् र रु उल्टै मेरै बैज्जत हुन्यो । मेरो मात्र हैन मेरो परिवार कै।
मलाई त गाउँमा नै मुख देखाउन लाज लाग्ने भयो। म अब कसरी बाच्नेरु यस्तै यस्तै कुराले मलाई चिन्तित बनायो। त्यसपछि मैले भने कसैलाई पनि नभन्नु म २ हप्ता जतिमा दिन्छु, किस्ता किस्ता गरेर।
तर उसले मानेन। एक हप्तामा दिन्छौं भने देउ वा ‘सेक्स’ गर्न देउ नभए म सबैकुरा भन्दिन्छु भन्न थाल्यो। मैले हुन्छ म एक हप्तामा दिन्छु भने नभनु पनि कसरी। अब कहाँबाट ल्याएर त्यत्रो पैसा दिनु। घरमा कुरा गर्ने आँट पनि आएन। साथिहरुसँग मागे कसैले थिएनन्।
त्यसपछि खाना खान पनि छोडे। कसैले केही भनेपनि सबैकुरा बिर्सन थालिसके छु। एकन्तमा एकोहोरो हुन थाले। एक हप्ताको समय पनि सकियो। फेरी फोन आयो। मलाई चिटचिट पसिना आयो, मुटु ढुकढुक भयो।
एक २÷३ पटक कल आयो मैले फोन उठाई नफेरी म्यासेज आयो। त्यसको रिप्लाई पनि दिइन। त्यसको एकछिन पछि फेरी फोन आयो उठाउने निधो गरे। उठाए किन फोन नउठाएकोरु
मेरो पैसा भयो म लिन आउँछु।
दाई शब्द उच्चारण गर्न घृणा लागि लागि पनि मैले भने दाई २ हजार छ मसँग त्यति लिँदै गर्नु म पछि दिन्छु । त्यसपछि उसले भन्यो, त्यसो भए, म तिमै कोठामा आएर कुरा गर्छु। यति भनेर फोन काट्यो।
यसको केही समय पछि उ मेरो कोठामै आयो। मलाई एकदमै अड् लागिरहेको थियो बोल्न पनि उसको मुख देर्न पनि। उसले भन्न थाल्यो पैसा सबै दिन्छौं भने देउ नभए एक चोटि ‘सेक्स गर्न देउ’ । मलाई एकदमै रिस उठिरहेको थियो,त्यसको घृणित कुराले।
कहिले काहि त लाग्थ्यो चक्कुले हानेर मारेर जेल गएर बसु। तर के गर्ने सोचे जस्तो कहाँ हुन्थयो ररु त्यसपछि उसले जबजस्ति गर्यो। मैले कति कोसिस गरे उसलाई हटाउन तर सकिन। हार, गुहास पनि कसरी मागु उसले मेरो मुख थुनिदिएको थियो।
उसको काम पुरा भए पछि छोडिदियो र भन्यो। अब एक हप्ता फेरी टाइम दिन्छु फेरी त्यतिखेर पनि दिनुस् भने फेरी यस्तै भेट्छस् कि तेरो गाउँमा मेरो पैसा खाई भनेर सबैकुरा भनिदिन्छु। यति भन्दै उ कोठाबाट बाहिरियो।
मेरा आशुले आधा सिरानी भिजिसकेको थियो। मेरो मनमा अनेकौँ कुराहरू खेल्न थाले। आफैँले आफैँलाई घृणा गर्न थाले। अब म बाचेर केही हुन्छ जस्तो लागेन। र मैले मृत्यु नै रोजे। त्यतिखेर लगभग ८ बजिसकेको थियो। त्यसपछि यसरी पिडा सहनु भन्दा त मर्नु नै बेस हुन्छ भन्ठाने र दोरी खोज्न थाले। त्यति कै मा ममीको फोन आयो म झसङ्ग भए।
मान्छेको किस्मत पनि कस्तो हुँदो रहेछ हैरु म कसरी मम्मीसँग बोलुरु यो अवस्थामा रु नबोलु पनि कसरी एकछिन दोधारमा परे। त्यसपछि निष्कर्ष निकाले, अन्तिम पटक भएपनि म बोल्छु। जन्मदिने आमाको बोलीसँगै म अस्ताउँछु ।
कल उठाए तर एक्कासि ग्वा ग्वा गरेर रुन आएछ। उहाँले के के भन्नु भयो मलाई केही थाहाँ भएन। लगभग १५ मिनेट जति कानमा फोन राखेर ग्वाँ ग्वाँ रोइरहेको रहेछु। मम्मीले त कतिखेर फोन काटी सक्नु भएको रहेछ पत्तै भएन।
एक्कासि मेरो कोठाको ढोका नक हुँदा पो म झसङ्ग भए। ठोका ढ्रक्ढक गरेर ढोका खोल भन्दै सानै देखिको साथीको पो आवाज सुने। नखोनु पनि कसरी त्यति राति कराको कराकै गर्न थाली।
त्यसपछि मैले भने एकछिन पख है। म हत्तार हत्तार आशु पुछे र ढोका खोले। त्यसपछि उसले सोधी तलाई के भयो? रोहिरहेकि थिस् रे त तेरो मम्मीले भन्नु भा । बिरामी पो भई क्यारे भन्नु भयो त्यसपछि हत्तार हत्तार गरेर आएको । मम्मी पनि डराइ रहनु भएको थियो म पनि कति धेरै आत्तित्रए। के भयोरु किन रोएको ?
उसले यति भनेपछि फेरी म अँगालो हालेर रुन थाले। धेरै बेर रोइसकेपछि आँखाबाट आँसु आउन पनि छोडिसकेको थियो। त्यसपछि सबै कुरा भन्ने निष्कर्षमा पुगे र सबै कुरा भने।
त्यसपछि उसले भनी त किन चिन्ता गर्छस् ? म छु अब तलाई केही हुँदैन। उ सानैदेखि म भन्दा धेरै झुडि थिई। उसले भनी त चिन्ता नगरि बस एक हप्तासम्म त्यसले के भन्दो रहेछरु म पनि हेर्छु भन्दै उल्टै मलाई गाली गरी। किन पहिला भनिनस् भन्दै रिसाउँदै धेरै कुरा सम्झाई।
त्यसपछि अलि आत्मा बल बढेर आयो। उसले भनी, त नडरा। म जे जे भन्छु त त्यही त्यही भन। भन्दै उसले सिकाउन थालि। मेरो केही गल्ती छैन। पुलिसमा गएर केस गर। म उही गएर कुरा गर्छु । मसँग सबै कुराको प्रुफ छ अब पनि त्यस्तै कुरा गरिस् भने म पुलिस केस गर्छु भन भनी।
उसले त सुरुमै पुलिस केश गर्न हिँड् भन्दै थिई तर मैले मानिन किनकि सबैलाई थाहा हुन्छ फेरी झमेला पनि हुन्छ भनेर मानिन । उसले फोन गरेर के भन्छ। म साथीले सिकाएजसरि नै म उत्तर दिन्छु भनेर बसे । साथी पनि मसँगै बस्न थालि।
एक दिन दुई दिन हुँदै दिन बित्यो र उसले दिएको भाका आयो त्यस दिन दिउँसो कल आयो । पहिला भन्दा डर निकै कम भएको थियो। त्यसपछि मैले फोन उठाए। उसले भन्योरु पैसा जम्मा भयोरु कतिखेर लिन आऊ ?
यतिकैमा मैले पनि उत्तर दिए। त जहाँ गएर जे जे गरे पनि गर तर म तलाई पैसा अहिले एकै चोटि दिन सक्दिँन। त आफैले मलाई जबरजस्ती पैसा लिई भनेको त होनि? त्यही पनि म तलाई काम गरेपछि किस्ता किस्ता गरेर पैसा दिन्छु भनेको रेकड सबै मसँग छ। के गछौं गर।
तिमी हैन अब म तिमीलाई पुलिस केश गर्छु। यति मात्र के भनेको थिए फोन काट्यो। त्यस दिनदेखि उसले कहिले पनि मलाई ब्लयाएक मेल गरेको छैन।