अण्डरग्राउण्ड पार्किङ खुलाउन भत्काइयो बानेश्वरमा व्यापारिक भवनका संरचना (फोटो फिचर)



काठमाडौं । नयाँ बानेश्वर चोक क्षेत्रमा व्यवसायिक भवनका अन्डरग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाले संरचनाहरू भत्काउन सुरु गरेको छ ।

अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेका बानेश्वर कम्प्लेक्सलगायत त्यस वरपर क्षेत्रका व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर महानगर प्रहरीले संरचना भत्काउन थालेको हो ।

काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो ।

उक्त म्याद आइतबार सकिएपछि आइतबार नयाँ बानेश्वर क्षेत्रमा व्यापारिक भवनहरुको अन्डरग्राउण्ड पार्किङको अनुगमन गर्न मेयर बालेन्द्र ९बालेन० साह आफैं खटिएका थिए ।

धेरै व्यापारिक भवनहरुले अन्डरग्राउण्ड पार्किङलाई पसलका रुपमा भाडामा लगाउने गरेका छन् । जसले गर्दा मुख्य सहरी क्षेत्रमा फुटपाथमै पार्किङ गर्ने क्रम बढेको छ । नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् ।

प्रतिक्रिया दिनुहोस्