दशैका लागि नयाँ नोट चाहियो ? राष्ट्र बैंकको तयारी यस्तो छ



काठमाडौं : नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट ल्याउने तयारी सुरु अन्तिम चरणमा रहेको जनाएको छ ।  गत वर्ष जस्तै यस वर्ष पनि राष्ट्र बैंकले सुर्वसाधारणका लागि नयाँ नोट सटही गर्ने व्यवस्था गर्न लागेको  हो ।

राष्ट्र बैंकले सर्वसाधारणको सहुलियतका लागि राष्ट्रिय पर्वमा नयाँ नोट सटही गर्दै आएको हो ।

यस वर्ष राष्ट्र बैंकले रु १३ अर्ब बराबरको नयाँ नोट सटही गर्दै छ । राष्ट्र बैंकले रु १८ हजार ५ सयसम्मका खुला नोट माग गर्नेलाई नयाँ नोट तथा सोभन्दा बढी माग गर्नेलाई सुकिला नोट दिने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले दशै र तिहारको लागि मात्र नभई यसपालिबाट नव वर्ष, उभौली पर्व, छठ, बुद्ध जयन्ती, क्रिसमस, फागुन्गुनन्द जयन्ती, गणतन्त्र दिवस, जनैपूर्णिमा, ल्होसार, इन्द्रजात्रालगायतका राष्ट्रिय पर्वहरुमा नयाँ नोट सटही गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

कुन कुन स्थानबाट सटही हुने भन्ने विषयमा राष्ट्र बैंकले छलफल गरिरहेकाबैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्