अफगानिस्तानमा सत्र तालिबान लडाकू मारिए



एजेन्सी : अफगानिस्तानमा तालिबान लडाकू समूहले गरेको एक आक्रमणपछि सुरक्षा अधिकारीले गरेको जवाफी कारबाहीमो दुई सुरक्षाकर्मी अधिकारीका सदस्यसहित १५ जनाको मृत्यु भएको छ। मृत्यु भएका अन्य १५ जना तालिबान लडाकूहरु रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।

कुन्दुज प्रान्तको राजधानी कुन्दुज सहरनजिकै आक्रमणको घटना भएको प्रान्तीय सरकारका प्रवक्ताले बताएका छन्। स्थानीय समयानुसार शनिबार राती १ बजेतिर भिडन्त सुरु भएको थियो। तालिबान विद्रोहीहरुले आक्रमण गरेपछि भिडन्त सुरु भएको जनाइएको छ।

सरकारी प्रवक्ता इस्मातुल्लाह मुरादीले सिन्ह्वालाई दिएको जानकारी अनुसार लडाकूहरुले राईफल, मेसिनगनलगायतका हतियारले आक्रमण गरेका थिए। उनीहरुले तीन ठाउँतिरबाट आक्रमण गरेको उनले बताए।

आक्रमणकारी लडाकूहरुलाई पराजित गर्न सरकारी सुरक्षाकर्मीहरु सफल भएको प्रवक्ता मुरादीले बताए। आक्रमणका कारण त्रसित भएपछि विहानमा सडक खाली भएका छन् भने पसलहरु बन्द भएका छन्।

राजधानी काबुलदेखि २५० किलोमिटर टाढा रहेको घटनास्थलमा यो समाचार तयार पार्दासम्म भिडन्त भइरहेको अधिकारीहरुले जनाएका छन् । घटनामा परी २० जना स्थानीय बासिन्दा र जिल्ला प्रहरी प्रमुख घाइते भएको प्रान्तीय स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्