हरिवंश अाचार्यकाे जन्मदिन पारेर चलचित्र ‘दालभात तरकारी’काे शुभमुहूर्त



काठमाडौं :  वरिष्ठ हास्य कलाकार हरिवंश अाचार्यकाे जन्मदिनकाे अवसर पारेर मह सञ्चारको निर्माणमा चलिचत्र बन्ने भएकाे छ । 

 

मह सञ्चारले बनाउन लागेकाे चलचित्र ‘दालभात तरकारी’को शुभमुहूर्त गरिएको छ ।  मंगलबार कमलादीको गणेश मन्दिरको प्रांगणमा चलचित्रको शुभमुहूर्त गरिएको हो । कार्यक्रममा चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलको समेत उपस्थिति थियो । उनीसँगै चलचित्र निर्माण युनिट चलचित्रका कलाकारहरुको समेत उपस्थित थिए । 

 

चलचित्रको कथा, पटकथा तथा संवाद हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रको निर्देशन भने किरण केसीका छोरा सुदन केसीले गर्न लागेका हुन् । चलचित्रमा शम्भुजित बास्कोटाको संगीत रहनेछ । दीर्घ गुरुङको छायांकन रहने चलचित्रमा कोरियोग्राफी कविराज गहतराजले गर्नेछन् ।

 

चलचित्र २०७६ को वैशाख १३ गतेदेखि प्रदर्शनमा आउने बताइएको छ । रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंस्कार, शिवहरि पौडेल, राजाराम पौडेल, दीर्घ गुरुङ, अनुरागमान सिंह कुँवर, शिशिर वाङ्देल, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमीत मैनाली चलचित्रका निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्