चलचित्र ‘काले दाई’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक



काठमाडौं : चलचित्र ‘काले दाई’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । शिव शर्माको निर्देशनमा बनेको चलचित्र विजयादशमीको अवसर पारी असोज १७ गतेबाट प्रदर्शनमा आउनेछ । 

नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा शम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोविन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ । 

चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । 

पवन गौतमले छायांकन गरेको यस चलचित्रलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन् । 

कुमार महर्जनको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्र ‘काले दाई’ लाई आरआर फिल्मस्ले वितरण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्