आत्मघाती गोल : नापोलीको हार, युभेन्टसलाई उपहार



काठमाडौं : निकै रोचक खेल इटालियन सिरी ए फुटबलमा युभेन्टसले नापोलीलाई पराजित गरेको छ । शनिबार राति भएको उक्त रोचक खेलमा युभेन्टसले नापोलीलाई ४–३ गोलअन्तरले पराजित गरेको हो । युभेन्टसलाई विजयी बनाउनका लागि हस्तीहरु रोनाल्डो, गोञ्जालो हिगुइन र ड्यानिलोले आफ्नो टिमलाई सुरुदेखि नै अघि बढाएका थिए ।

युभेन्टसका प्रतद्वन्द्वी नापोलीका कोष्टास मानोलस, हिर्भिङ लोजानो र जियोवन्नी डी लोरेन्जोले ढिलै भए पनि एकपछि अर्को गोल गर्दै खेललाई हाराहारीमा अघि बढाइरहेका थिए । तर युभेन्टसले नापोलीको एउटा मात्र आत्मघाती गोल उपहारस्वरूप पाएपछि कडा प्रतिस्पर्धाका साथ खेलमैदानमा संघर्षरत दुई टिममध्ये एक गोल बढी बनाएर युभेन्टस विजयी हुन पुग्यो ।

खेल सुरुआतिको १६औं मिनेटभित्रै ड्यानिलोले गोल गरेपछि प्रतिस्पर्धीभन्दा अगाडि नै खाता खोलेर १–० गोलले अघि बढिरहेको युभेन्टस १९औं मिनेटमा हिगुइनले गोल गर्दा २–० गोलको अग्रता लिन सफल भयो । त्यसपछि पनि निकै प्रतिस्पर्धामा उत्रिइरहेका दुवै टिमले ६२ औं मिनेट पार गर्दा रोनाल्डोले गोल गरी युभेन्टसलाई ३–० गोलले अग्रता दिलाउन पुगे ।

तर कडा चुनौती दिंदै आएको नापोलीका मानोलसले ६६ औं मिनेटमा गोल गरेपछि नापोली ३–१ गोलको खातासहित अघि बढेको थियो । खाता खोलेको केही मिनेटमै लोजानोले अर्को गोल थपे । त्यसपछि लोरेन्जोले ८१ औं मिनेटमा गोल गरेपछि नापोलीले युभेन्टसलाई ३–३ गोलको बराबरीमा लखेट्दै अघि बढ्ेको थियो । सुरुका क्षणमा एकपछि अर्को गरी हार खाए पनि उत्कृष्ट पुनरागमनमा सफल नापोली आफ्नै खेलाडी कोलीबालीको आत्मघाती गोलले पछि पार्यो । फलतः युभेन्टस नापोली विरुद्ध मात्र ४–३ गोलअन्तरले विजय हुन पुग्यो ।

    

 

प्रतिक्रिया दिनुहोस्