मादक पदार्थ सेवन गरी विमान चलाएपछि चालक अनुमति पत्र रद्द



एजेन्सी : विमान चलाउने क्रममा मादक पदार्थ सेवन गरेको पाइएपछि भारतका एक अनुभवी विमान चालकको अनुमतिपत्र रद्द गरिएको छ। 

 

विमान चलाउनुअघि श्वास परीक्षण गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि उनको अनुमतिपत्र केही समयका लागि सोमबार रद्द गरिएको अधिकारीहरुले बताएका छन्। 

 

एयर इन्डियाको विमान उडाएर लण्डन लैजान लागेको बेला वरिष्ठ चालक अरविन्द काथपालियाले मादक पदार्थ सेवन गरेको पाइएको अधिकारीहरुको भनाइ छ। 

 

“श्वास परीक्षण गर्दा उहाँले मादक पदार्थ सेवन गरेको पाइयो, त्यसैले नियमअनुसार उहाँको चालक अनुमतिपत्र तत्कालदेखि लागु हुनेगरी तीन वर्षका लागि रद्द गर्ने निर्णय भएको छ,” एक उच्च अधिकारीले बताए। 

 

विमान चालक काथपालियाको अनुमतीपत्र यसअघि पनि सन् २०१७ मा तीन महिना रद्ध गरिएको थियो। सबै विमान चालक र चालक दलका सदस्यहरुलाई कम्तीमा १२ घण्टाभन्दा अगाडि मादक पदार्थ सेवन गर्न निषेध गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्