फैसला सुनेपछि इजलासमै तोडफोड



ललितपुर :  फुजेल काण्डले चर्चामा आएका गोरखा फुजेलका नुरप्रसाद अधिकारीले आइतवार उच्च अदालत पाटनमा तोडफोड गरेका छन् । उच्च अदालतका न्यायाधीश रमेश पोखरेल र शेखरप्रसाद पौडेलको इजलाशले गरेको फैसलाप्रति ओक्रोश व्यक्त गर्दै नुरप्रसादले इजलाशमै तोडफोड गरेका हुन् । 

 

अदालत स्रोतका अनुसार नुरप्रसाद खिचोला मेटाइ, घर भत्काइ मुद्दाका वादीको तर्फबाट वारेश भएर उच्च अदालत पुगेका थिए । जिल्ला अदालत ललितपुरको फैसलामा चित्त नबुझेर उच्च अदालत गएकी बिन्दु घतानी सुनारको वारेश भएर नुरप्रसाद सोमवार उच्च अदालत गएका थिए ।

 

उच्च अदालतले जिल्ला अदालत ललितपुरकै फैसला सदर गरिदिएपछि नुरप्रसादले अदालत परिसरमा तोडफोड गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्