भोटाहिटी क्षेत्रका अवैध संरचना भत्काउन सुरु (फोटो फिचर)



काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनाइएका अवैध संरचना भत्काउन सुरु गरेको छ। आइतबार भोटाहिटी क्षेत्रमा बनेको सबवेसहितमा अवैध संरचना भत्काउन सुरु गरेको हो।

महानगर प्रमुख बालेन्द्र साह (बालेन)कै अग्रसरता र नेतृत्वमा काठमाडौं महानगर क्षेत्रमा बनेका अवैध संरचना भत्काउन थालिएको छ।

अनुमति नलिई, नक्सा पासविपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्