काठमाडौं : कसैले आफ्नै सामुन्नेमा आफ्नो क्यारिकेचर त्यो पनि जस्ता को तस्तै गर्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ । यस्तै अचम्ममा परे वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, आफ्नै सामुन्नेमा त्यो पनि दुरुस्तै क्यारिकेचर गरेको देखेर ।
हरिवंश आचार्यको जन्मदिनको अवसरमा रेडियो अडियो द्धारा आयोजित विशेष कार्यक्रममा हास्य कलाकार सिताराम कट्टेल र सुबोध गौतमले हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको संवादमा क्यारिकेचर गरे । सुबोध गौतमले गरेको क्यारिकेचरमा उपस्थित सबै कलाकारहरुले पेट मिचि मिचि हासेका थिए ।
उनले हास्य कलाकार का साथै प्रधानमन्त्री लगायत अन्य विभिन्न राजनितिज्ञको क्यारिकेचर गरेका थिए । वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठले सुबोध गौतमले गरेको क्यारिकेचरको प्रशंसा गरेका थिए ।
उनले हरिवंशको दुरुस्तै क्यारिकेचर गर्ने मान्छे यस अघि पनि देखेको तर आफ्नो जस्ताको तस्तै क्यारिकेचर गर्ने मानिस पहिलो पटक देखेको बताएका थिए ।
कसैको आवाज जस्ताको तस्तै क्यारिकेचर गर्नु एउटा कला हो । पछिल्लो समय हास्य कलाकारिता क्षेत्रमा क्यारिकेचर निकै मौलाउदै गएको छ ।