चुरे संरक्षणमा ध्यान दिन आवश्यक : पूर्वराष्ट्रपति यादव  



काठमाडौं: पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले तराइ मधेसको रक्षाका लागि चुरे संरक्षणमा ध्यान दिन आवश्यक रहेको बताएका छन् ।

 

सप्तरीको तिलाठी कोइलाडीस्थित मुसहर वस्ती हस्तान्तरण कार्यक्रममा उनले चुरे संरक्षण आवश्यक रहेको उल्लेख गरे । उनले चुरे दोहनकै कारण तिलाठी–कोइलाडी जस्ता तराई–मधेसका ठाउँ डुबानमा पर्ने गरेको बताए । चुरे संरक्षण अभियानमा विशेष चासो राख्दै आउनुभएका यादवले यसका लागि सञ्चारमाध्यामको भूमिका महत्वपूर्ण रहने बताए ।

 

यादवले मुलुक निर्माणमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन् । बस्ती हस्तान्तरण पछि यादवले मुसहर वस्ती अवलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्