यस्तो छ तपाईंको आजको राशिफल



काठमाडौं । आज भदौं २०७९, बिहीबार । तद्नुसार नोभेम्बर महिनाको १ तारिक २०२२। भाद्रकृष्णपक्ष पञ्चमी, आज ऋषिपञ्चमी पर्व हो। महिलाहरुले ऋषि पञ्चमीको विशेष पूजा आरधना गर्ने गर्दछ। काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेवको आज दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ। बालब करण, स्वाती नक्षत्र, ब्रह्मा योग, चन्द्रमा तुला राशिमा रहेको छ ।

आज बिहान सूर्योदय ५ः४३ मा हुनेछ भने सूर्यास्त ६ः२६ मा हुनेछ । आजको देवता ब्रह्मा र ग्रहदेव मंगल रहेको छ। बिहीबारको दिन अध्ययन, अध्यापन, लेखनको काममा ध्यान दिनुभयो भने उचित हुनेछ। बिहीबारको दिन धार्मिक यात्राको लागि शुभ मानिन्छ। आज बिहान ११ः३९ देखि १२ः२९ सम्मको समय अभिजित मुहूर्त रहेको छ। यो समयमा कुनै पनि शुभकार्य गर्दा सफलता मिल्नेछ।

आजको राशिफल:

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

सामाजिक र धार्मिककाममा गर्नुहुने कामबाट तपाईलाई मानसम्मान मिल्नेछ। तपाईको स्वास्थ्यमा सुधार हुनेछ, आफूभन्दा उच्चब्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईको मनमा खुसी छाउने छ। नयाँ काम गर्न मन लाग्नेछ। आजको दिन कसैसँग पनि विवाद नगर्नुहोला।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

आकस्मिक धनलाभ हुनेछ। व्यापार ब्यबसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजयप्राप्त हुनेछ। दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिनेछ। सामाजिक सेवामा मन जानेछ । कसैलाई पनि अपमान नगर्नुहोला ।   

 मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

धनलाभ र नयाँ नयाँ खबरले तपाईको मनमा खुसियाली छाउने छ। घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ। त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ। राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ। सत्कार्यका लागि तपाईले गरेको कामअनुसारको फल प्राप्त हुनेछ। 

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकहरुको लागि आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्राबाट फाइदा पुग्नेछ। आजको दिन तपाईको सोचअनुसारको काम गर्दा तपाईलाई फाइदा हुन्छ। व्यापार व्यवसायमा नयाँ लगानी गर्नु पनि सकिन्छ। अध्ययन अध्यापनमा लागेका कर्कट राशिका जातकका लागि नयाँ अवसर प्राप्त हुनेछ। 

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशिका जातकले बिहीबारको बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला। पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईको लागि शुभ हुनसक्छ ।

 कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

नयाँ स्थानमा यात्रा गर्नुपर्ने हुनसक्छ। नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ। आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ। आजको दिन नयाँ वस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ। स्त्रीजातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ।

 तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशिमा जातका लागि मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईंलाई फाइदा हुन्छ। धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला । चन्द्रमाको साथ रहेको छ। सूर्योदयको दर्शन गर्नुहोला ।  

 वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ। तपाईंले कुनै नयाँ कामको सुरुवात समेत गर्न सक्नुहुनेछ। आज सुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ। तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ। आजको दिन अध्ययन अध्यापनमा समय दिनुहोला ।  

 धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवार तथा आफन्तजनको  साथ सहयोगले तपाईंको कार्य प्रगति हुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ। आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु उत्तम हुनेछ । 

 मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईंको सोचअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ। आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ। आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ। धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ।  बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ।   

 कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ।  व्यापार व्यवसायबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिलनेछ। सामाजिक काममा मन जानेछ। तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । 

 मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

बिहीबारका दिन मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ। चन्द्रमाको साथ रहेको छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ। तपाईंले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ। यात्रा र धार्मिक कार्यमा लाग्नु भयो भने मनमा उत्साह भरिने छ। आजको दिन सामाजिक सेवामा वित्नेछ।

 

प्रतिक्रिया दिनुहोस्