फोहोरै फोहोरको डंगुरमा पूजा गर्ने घाट



विराटनगरः विरानगर न्यूरोरोडका सुरज शाहको परिवारले छठको ब्रत बसेको बर्षौ भयो। हरेक वर्ष शाहको परिवार विरानगर ७ को सिंगिया खोलामा घाट बनाएर छठ पूजा गर्छन्। विराटनगर महानगरपालिका र कटहरी गाँउपालिका जोड्ने पुल मुनि घाट बनाउछन् शाह । 

छठ मनाउन र ब्रत बस्ने कुरामा उत्साह हुने शाह खोलाको प्रदुषणदेखि हरेक वर्ष समस्यामा पर्ने बताउँछन। आफ्नो परिवारले मनाउने महान चाड छठको सुगन्धलाई खोलाको दुर्गन्धले सताउने गरेको उनी बताउँछन। भन्छन, ‘छठ मनाउन घाट चाहिन्छ । घाट बनाउन यहि खोला राम्रो छ । तर, फोहोरै फोहोर छ।’

 

सार्वजनिक सौच गर्नेदेखि अन्य सबै प्रकारका सहरी फोहोर फाल्ने  गन्तव्य सिंगिया बनिरहेकाले ब्रतालुहरुलाइ असहज भएको उनी बताउँछन । शाह मात्रै हैन विराटनगरको सबैभन्दा धेरै घाट बन्ने सिंगिया खोलामा फोहोरको डुंगुरले समस्यामा परेका धेरै छन । यसका एक भुक्तभोगी हुन विराटनगर ९ सिद्धार्थ चोकका असोक कुमार भगत । भगतले विराटनगरमा छठको ब्रत बसेको दुइ दशक हुन लाग्यो । 

हरेक साल फोहोर थपिने र प्रदुषण बढेर समस्या भएको उनी बताउँछन । उनी भन्छन, ‘विराटनगरमा अस्पतालदेखि सिनोसम्म सबै यहि खोलामा फाल्छन । महानगरपालिकाको खुल्ला डम्पिङ भएको छ यो पवित्र खोला ।’ पुलबाट पश्चिमपट्टि सोमबार अपरान्ह घाट बनाउदै गरेका भगतले छठको पवित्रतामा प्रदुषणले समस्या पारेको बताए । 

प्रतिक्रिया दिनुहोस्