छठ मनाउने क्रममा एक महिलाको शरीरमा आगो लाग्यो



जनकपुरधाम : जनकपुरको गङ्गा सागर पोखरीमा छठ मनाउने क्रममा एक महिलाको शरीरमा आगो लागेको छ । गङ्गा आरती हुने घाट मा परिचय नखुलेको एक महिलाको साडीमा आगो सल्किएको हो । 

महिलाको दुई वटै हात र जिउमा सामान्य चोट लागेको छ । दियो बाल्ने क्रममा साडीमा आगो लागेको प्रत्यक्षदर्शीले बताएका छन् । गङ्गा सागर घाटमा उपस्थित श्रद्धालु र स्थानीय क्लबका स्वयं सेवकको सहयोगमा आगो निभाइएको थियो । 

घाइतेलाई तत्कालै अस्पताल लगिएको छ । उनी खतरामूक्त रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्