डा.अशोक थापाको ‘सन्तापको धून’लोकार्पण



काठमाडौं । कथाकार डा.अशोक थापाको नवप्रकाशित कथासंग्रह ‘सन्तापको धून’ काठमाडौँमा एक विशेष समारोहबीच लोकार्पण भएको छ। प्रमुख अतिथि तथा अतिथिहरू प्रा.डा माधवराज भट्टराई, प्रा.डा खगेन्द्र लुईंटेल, डा. ज्ञानु पाण्डे, डा. नेत्र एटम तथा स्रष्टाद्वारा सामुहिक लोकार्पण गरिएको हो।

डा.ज्ञानु पाण्डे र डा.नेत्र एटमले कृतिमाथि आ-आफ्ना धारणा राखेका थिए। डा.पाण्डेले धून धेरै किसिमका हुन्छन् धूनहरूमा हामीले आनन्द लिन सक्नु पर्छ। हरेक किसिमका धूनहरूले जीवनलाई घेरेको छ। सन्तापको धून प्रतिकारात्मक पुस्तक रहेको र निकै पठनीय पुस्तक भएको डा.पाण्डेले बताए। साथै कथाभित्रका पङ्क्तिहरू हृदय छुने किसिमका रहेको उनले जिकिर गरे।

यस्तै डा.नेत्र एटमले दुःखमा अन्त्य भएका कुराहरूले धेरै पछिसम्म छोइरहन्छ भने सुखमा अन्त्य भएका कुराहरू बिस्तारै हराउँछन्। कथाभित्र सन्त्रास तथा सन्तापको धून छ। कथा सङ्ग्रह निकै मर्मस्पर्शी, यथार्थवादी रहेको बताए। कथाको शिल्प कलात्मक रहेको छन्।सैद्धान्तिक स्वरुप अनुसार कथामा लोक वैचारिकता र निबन्धको संयोजन रहेको हुन्छ। डा.थापाका कथामा सामाजिक यथार्थता रहेको उनले बताए। कार्यक्रम आज नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस्