मोटो रकम हिनामिना गरेको आरोपमा क्याम्पस प्रमुख पक्राउ



कञ्चनपुर : कञ्चनपुरको जनज्योति बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख भोलानाथ शर्मा पक्राउ परेका छन् । कञ्चनपुर प्रहरीका अनुसार क्याम्पस प्रमुख शर्मा विरुद्ध शेयरको रकम हिनामिना गरेको आरोपमा तारा जोशी लगायतका शेयर धनीले ठगी मुद्दा दायर गरेका थिए ।

जनज्योति क्याम्पस निजीबाट सार्वजनिक क्याम्पसको रुपमा रुपान्तरण गर्दा उनले मोटो रकम हिनामिना गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले उनलाई पक्राउ गरी आदालतबाट ४ दिनको म्याद थप गरिएको बताए । घटना बारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्